Headline

एक वर्ष पछि विदेशी फ्रेन्चाइज लिग खेल्दै सन्दिप 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले एक वर्ष पछि विदेशी फ्रेन्चाइज ट्वान्टी ट्वान्टी लिग खेल्दै छन् । पछिल्लो पटक गत वर्ष यसै समयमा बिग ब्यास लिग खेलेका सन्दिपले एक वर्ष पछि बिग ब्यास लिग मार्फत नै फ्रेन्चाइज लिग खेल्न लागेका हुन् ।

सन्दिपको टोली होबार्ट हरिकेन्सले यस सिजनको बिग ब्यास लिगको आफ्नो पहिलो खेलमा सिड्नी सिक्सर्सको सामना गर्दैछ । तास्मानियामा हुने खेल नेपाली समय अनुसार १:२० बजे सुरु हुनेछ । 

सन्दिपको यो बिग ब्यास लिगमा चौथों सिजन हो । पहिलो र दोश्रो सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दिपलाई त्यस पछिको वर्ष होबार्टले अनुबन्ध गरेको थियो । सन्दिपले बिग ब्यास लिगको तीन संस्करणमा कुल २९ खेल खेल्दै ३४ विकेट आफ्नो नाममा लेखाएका छन् ।

सन्दिपले मेलबर्नबाट खेलेका पहिलो र दोश्रो संस्करणमा क्रमश आठ खेलमा ११ र १३ खेलमा १५ विकेट हात पारेका थिए भने होबार्टको लागि अघिल्लो संस्करणमा आठ खेल खेल्दै आठ विकेट नै आफ्नो नाममा लेखाएका थिए । अघिल्लो सिजन क्वारेन्टिनमा बिताउन परेका कारण सन्दिपले सुरुवाती चरणका खेलहरु गुमाउन पुगेका थिए ।        

सन्दिपले यस अघि पाकिस्तान सुपर लिग, द हन्ड्रेड्सभाइटालिटी कप जस्ता ट्वान्टी ट्वान्टी प्रतियोगिताहरू गुमाउन पुगेका थिए । पाकिस्तान सुपर लिग खेल्न पाकिस्तान पुगेका सन्दिप कोरोनाका कारण प्रतियोगिता स्थगित हुन पुगे पछि एक खेल पनि नखेली नेपाल फर्किएका थिए । त्यस्तै इंग्ल्यान्डको घरेलु ट्वान्टी ट्वान्टी लिगमा भिसा ढिला आउँदा गुमाउन बाध्य भएका थिए भने गलत भिसाका कारण क्वारेन्टिन सक्काएर द हन्ड्रेड्स नखेली फर्कन बाध्य भएका थिए । 

 

 

Click to comment

Trending