Headline

भरतको निर्णायक गोलमा आर्मीको लिगमा पहिलो जित

Published

on

भरत खवासले अन्तिम समयमा गरेको एक मात्र गोलको मद्दतमा त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

आइतबार दशरथ रँगशालामा भएको एक मात्र खेलमा आर्मीले ब्रिगेड बोइज क्लबलाई १–० ले हरायो । ब्रिगेडले भने तेश्रो खेलमा आएर पहिलो हार व्यहोरेको हो । आफ्नो पहिलो खेलमा नेपाल एपिएफ फुटबल क्लबलाई ३–२ ले हराएको ब्रिगेड दोश्रो खेलमा भने बराबरीमा रोक्किएको थियो ।

आर्मीले पहिलो दुई खेलमा नेपाल पुलिस क्लब र डिफेन्डिँग च्याम्पियन मच्छिन्द्र क्लबसँग बराबरी खेलेको थियो ।

आर्मीले आइतबार खेलमा प्रशस्तै अवसरहरु सृजना गरेको थियो तर उसले गोलका लागि ८५ मिनेटसम्म कुर्न परेको थियो । सन्तोष तामाङले निकालेको पासमा भरतले गोल गरेका थिए ।

त्यसअघि आर्मीका लागि जर्ज प्रिन्स कार्की, बिबेक बस्नेत र टेक बहादुर बुढाथोकी गोल गर्नबाट चुकेका थिए ।

Click to comment

Trending