Headline

बागमतीलाई फराकिलो अन्तरले हराउदै सुदुर पश्चिम फाइनलमा

Published

on

बागमती प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदुर पश्चिम प्रदेश अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार हुने फाइनलमा सुदुर पश्चिमले लुम्बिनीको सामना गर्नेछ ।

फाइनल प्रवेशका लागि ७४ रनको फराकिलो जितको आवश्यकता रहेको बागमती प्रदेश त्रिवि क्रिकेट मैदानमा ३० दशमलव एक ओभरमा मात्रै ९५ रनमा समेटियो । सुदुर पश्चिमले २३ दशमलव १ ओभरमा मात्र दुई विकेटको क्षतिमा जित हात पार्यो ।

३७ रनमा दुई विकेटका गुमाएको सुदुर पश्चिमलाई सहज जित दिलाउन नरेन भट्ट र राहुल भण्डारीले नटआउट ५९ रनको साझेदारी गरेका थिए ।

नरेनले ५८ बलमा ६ चौका प्रहार गर्दै ३७ रन बनाए भने राहुलले ३९ बलमा ३१ रन बनाए । उनले पाँच चौका प्रहार गरे । बागमतीका लागि गौतम केसी र प्रतिस जिसीले १–१ विकेट लिए ।

यसअघि हेमन्त धामीले घातक बलिँग गर्दा बागमतीले आफ्नो पहिलो पाँच विकेट २६ रनमै गुमाएको थियो । चौथो नम्बरमा ब्याटिङ्ग गर्न आएका बिबेक मगरले एक पटक फेरि बागमतीलाई सम्हाल्नु परेको थियो । उनले छैटौं विकेटका लागि क्रिस कार्कीसँग ३६ रनको साझेदारी गरेका थिए ।

क्रिसले ३० बलमा दुई चौका र एक चौकाको मद्दतमा १७ रन बनाए । नटआउट रहेका बिबेकले ७५ बलमा चार चौका प्रहार गर्दै ३२ रन जोडे । सुदुर पश्चिमका लागि शेर मल्लले पनि चार विकेट लिएका थिए ।

Click to comment

Trending