Headline

रोनाल्डोको ८ सय गोलको कोशेढुँगा

Published

on

खेल १०९७, गोल ८ सय १

क्रिष्चियानो रोनाल्डो उच्च स्तरको फुटबल इतिहासमा ८ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । बिहिवार आर्सनलबिरुद्ध ३–२ को जितमा दुई गोल गर्दा रोनाल्डोले ८ सय गोलको कोशेढुँगा पुरा गरे ।

अन्तरिम व्यवस्थापक राल्फ रांगनिकको आक्रमक शैलीमा उनी फिट नभइरहेको चर्चा चल्दै गर्दा रोनाल्डोले उत्कृष्ट ढँगले जवाफ फर्काएका हुन् । जर्मन प्रशिक्षक राँगनिक ३६ बर्षिय पोर्चुगिजसँग बिशेशष रुपमा प्रभावित पनि रहे ।

बिहिवारको दुई गोलले रोनाल्डोले युनाइटेडमा दुई स्पेल गरेर १ सय ३० गोल पुरा गरेका छन् । प्रिमियर लिगका सर्वाधिक गोलकर्ता एलन सियरर रोनाल्डोबाट बिशेष रुपमा प्रभावित भएका छन् ।

“तपाई बसेर यो केटालाई हेदै वाउ गर्दे पुग्छ । उनी जहाँ छन् आफ्नो दृढ संकल्पका कारण नै छन् । माथि पुग्न गाह्रो त छ नै त्यहा रहि रहन पनि बाकीँ छ । हरेक हप्ता उनीमाथि प्रदर्शन दिनु पर्ने दवाब हुन्छ र उनले यो गर्दै पनि आइरहेका छन्,” उनले भने ।

गोल गर्ने किर्तिमानको केन्द्रित डाटाबेस नरहेपनि रोनाल्डो उच्च तहमा सबैभन्दा बढी गोल गर्ने एक भने बनिसकेका छन् । चेक फुटबल संघले राखेको डाटा अनुसार अष्ट्रिया र चेकोस्लोभाकियाका लागि खेलेका योसफ बिकानले आधिकारिक खेलहरुमा ८ सय २१ गोल गरेका छन् । तर अन्य स्थानमा भने उनको कुल गोल ८ सय ५ रहेको बताइन्छ ।

ब्राजिल लेजेण्डहरु पेले र रोमारियोले आफूले एक हजार गोल रहेको दाबी गरेपनि मैत्रीपूर्ण खेलहरुलाई नगन्ने हो भने यो संख्या ७ सयमा झर्नेछ । अनौपचारिक रुपमा तथ्यांक राख्ने गरेको संस्था आरएसएसएफका अनुसार

पेलेको ७ सय ६९ र हँगेरीबाट खेल्दै फेरेंक पुस्कासको ७ सय ६१ गोल रहेको छ । उनीहरु नै रोनाल्डो पछाडी रहेका छन् ।

लियोनल मेस्सी (७ सय ५६) ले अर्जेन्टिनाको लागि ८०, बार्सिलोनाको लागि ६ सय ७२ र पेरिस सेन्ट जर्माइनका लागि चार गोल गरेका छन् ।

रोनाल्डोले स्पेनका पाँच टिम बिरुद्ध कम्तिमा २० गोल गरेका छन् । यसमा सेभियाबिरुद्ध २७, एट्लेटिको म्याड्रिड बिरुद्ध २५, गेटाफेबिरुद्ध २३ र बार्सिलोना र सेल्टा भिगोबिरुद्ध समान २० गोल गरेका छन् ।

Click to comment

Trending