Headline

‘बल प्लेयिङ डिफेन्डर’ जम्दै गर्दा पृथक देखिन थालिएको घरेलु फुटबल

Published

on

‘बल प्लेयिङ डिफेन्डर’ को शाब्दिक अनुवाद नभएपनि यसको व्यवहारिक उपस्थिति नेपाली फुटबलमा बढी देखिन थालिएको छ । बल प्लेयिङ डिफेन्डर आधुनिक फुटबलमा मात्रै देखिने थालिएको होइन । इतिहास  हेर्ने हो भने पनि सन् १९५८ को ब्राजिलको टोलीलाई हेर्दा पर्याप्त हुन्छ ।

१९५८ बिश्वकपका दौरान भिसेन्ते इटालो फेओला ब्राजिलको प्रशिक्षक रहँदा उनको टोलीको खेल्ने शैलीलाई बिश्वले पछ्याइरहदा उनले फुटबलमा नयाँ शैलीमा खेल्ने खेलाडी नै बनाए । दक्षिण अमेरिकि फुटबलकै लोकप्रिय शैली ४–४–२ लाई भिसेन्तेले ४–२–४ को रणनीतिमा परिवर्तन गरे ।

यो खेल्ने शैलीमा उनले पुरानो ‘फर्मेसन’ बाट एक डिफेन्डरलाई मिडफिल्डरको भुमिका दिदै बललाई फर्वार्ड सम्म पुर्याउने र आँफै मुभ बनाउने जिम्मा दिए र त्यहीबाट यो नयाँ प्रयोगको आगमन भयो ।

ब्राजिलले १९५८ देखी १९७० सम्म आफ्नो फुटबल इतिहासकै स्वर्णिम पुस्ता पायो । भिसेन्तेको नयाँ प्रयोगले ब्राजिललाई त्यस अवधिमा चार मध्ये तीन बिश्वकप जिताउन बिशेष भुमिका खेल्यो ।

त्यस पछिका दिनहरुमा ४–२–४ फर्मेसन नै हराउन थाले । फुटबल अझै आक्रमक बन्न थाल्यो र एट्याकिङ्ग मिडफिल्डरहरुको भूमिका बढ्दै गयो । बलहरु ‘एयर’ मा भन्दा ‘ग्रास’ मा खेल्न थालिए ।

२०१८ पछि भने बल प्लेयिङ डिफेन्डरहरुको पुनरागमन हुन थालेको छ र यसको प्रभाव नेपाली फुटबलमा नपर्ने कुरै भएन ।

जारी शहीद स्मारक ए डिभिजन लिगमा युवा प्रशिक्षकहरुले आफ्नो डिफेन्डरलाई बल प्लेयिङ भूमिकामा खेलाएका छन् । नेपाली राष्ट्रिय टोलीका पुर्व डिफेन्डर रविन श्रेष्ठले नेपाली टोली र नेपाल पुलिस क्लबमा लामो समय यो भुमिका प्रभावकारी रुपमा निभाउदै आएका थिए।  तर अहिले भने लगभग सबै क्लबले आफ्नो डिफेन्डरलाई यो रोल दिएका छन् ।

लिगमा उपस्थित १४ मध्ये १० टोलीले खेलाडीलाई यो भुमिकामा उतार्दै आइरहेका छन् । तर टिम फर्मेसन भने परिमार्जित हुँदै आएको छ ।

आधुनिक फुटबलमा प्रशिक्षकहरु आक्रमण गर्दा जसरी ३–४–३ को फर्मेसनमा जान्छन् र डिफेन्ड गर्दा ५–४–२ वा ५–४–१ को पोजिसन लिन लगाउछन् र त्यसरी नै चाहे अनुरुप उनीहरु डिफेन्डरलाई खेलमा राणनीति अनुसार उतार्छन् ।

लिगमा उक्त शैलीले प्रभाव पारेको खेल थियो फ्रेन्ड्स विरुद्ध संकटा । भर्खरै एएफसी ए लाइसेन्स प्राप्त गरेका युवा प्रशिक्षक बिष्णु गुरुङको टोलीको पनि राणनीतिमा यस्ता डिफेन्डर रहेका छन् । निरज बस्नेत उक्त खेलमा निकै चुस्त देखिए । डिफेन्स र एट्याक दुवैको तंथ्याक हेर्ने हो भने पनि उनी उक्त खेलमा अब्बल नै थिए ।

४२ औँ मिनेटमा फ्रेन्ड्सका प्रकाश बुढाथोकीले गरेको अविश्वसनीय गोलले संकटालाई केही दवाब पर्यो र पहिलो हाफ देखि नै निकै लोभ्याउदो प्रदर्शन गरेका निरजले दोस्रो हाफमा आँफै गोल पनि गर्न सफल भएका थिए । लामो समय सम्म बिट नभएका फ्रेन्डसका भारतीय गोलरक्षक राहुल यादवलाई चक्मा दिदै निरज लुपिङ हेडर मा गोल गर्न सफल भएका थिए ।

त्यस गोल पछि संकटाले कुल ६ खतरनाक मुभहरु बनाउदा चार मुख्य पास पनि निरजकै एयर बल बाट सम्भव भएको थियो । ८७ औँ मिनेटमा संकटा गोल पनि गर्न सफल भयो । पहिलो खेल हिमालयन शेर्पासँग बराबरी खेले पछि दोस्रो खेलमा संकटा ३ अंक लिन सफल भएको थियो ।

“मैले उनलाई यही नै रणनीतिमा खेल्नु भनेर पठाउदिन तर जे होस बल प्लेयिङ डिफेन्डर भए पछि निरजले राम्रो भूमिका निर्वह गर्छन्,” संकटाका प्रशिक्षक गुरुलङले भने । “हामीले हाम्रो राणनीति अनुसार खेल्दा देखि नै कता–कता बल खोस्ने कता बाट पोजेसनमा पकड बनाउने सबै यही डिफेन्डरकै वरिपरी घुम्ने गर्छ ।”

पहिले स्विपरका नामले चिनिने यि डिफेन्डरको काम मा मात्र होइन नाममा पनि परिवर्तन आयो र साथै खेल्ने शैलीमा पनि । नेपाली खेलाडीहरु पनि यस्ता बल प्लेयिङ डिफेन्डरका रुपमा उदाउन थालेका छन् । यस्ता खेलाडीको बिशेषता भनेको उनीहरु डिफेन्सिभ मिडफिल्डर र सेन्टर ब्याक दुवै हुने गर्छन् ।

निरज मात्रै नभएर हाल नेपाली क्लबहरुमा एपिएफ फुटबल क्लबका राजन गुरुङ, मछिन्द्रका देवेन्द्र तमाङ, मनाङ मस्र्याङ्दीका दिनेश राजवंशी र  थ्री स्टारका अनन्त तमाङलाई बल प्लेयिङ डिफेन्डरको रुपमा हेर्न सकिन्छ ।

गत अक्टोबरमा साफ च्याम्पियनसिपको तयारीमा रहदा नेपालका मुख्य खेलाडी मनिएका रोहित चन्द अनुपास्थित हुने हल्ला बढ्दै गर्दा प्रशिक्षक अब्दुलाह अल्मुताइरीले राजन गुरुङलाई पहिलो क्याम्प देखि कतारमा नेपालले तयारी गर्ने समय सम्म राखेका थिए । राजनले भारत विरुद्ध नेपालमा भएको मैत्रिपूर्ण खेलमा डेब्यु पनि गरेका थिए ।

बल प्लेयिङ डिफेन्डरको उपस्थितीमा टोली रक्षापंक्तिमा त उतिकै अब्बल देखिने त छँदैछ अग्रपंक्तिमा पनि निकै मौका बनाउन सक्षम देखिने गरेको छ ।

 

Click to comment

Trending