Headline

प्रकाशले ८ विकेट लिँदा प्रदेश २ अण्डर १९ राष्ट्रिय क्रिकेटबाट बाहिरियो

Published

on

प्रकाश जैसीले घातक बलिँग गर्दै ८ विकेट लिएपछि प्रदेश २ कर्णालीसँग लज्जास्पद हार व्यहोर्दै अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा लुम्बिनी प्रदेश बिरुद्ध पाँच विकेट लिएका प्रकाशले बिहिवार मुलपानी क्रिकेट मैदानमा ६ दशमलव ४ ओभरमा १६ रन खर्चदै ८ विकेट लिएपछि प्रदेश २ १३ दशमलव ४ ओभरमा प्रतियोगिताकै दोश्रो सानो योगफल ४५ रनमा समेटियो ।

राजेश यादवले ६ विकेट लिदा कर्णालीले आठ विकेट गुमाएपनि १३ दशमलव ३ ओभरमा जित हात पार्यो । प्रतियोगितामा आफ्नो अन्तिम तथा दोश्रो जित हात पार्ने क्रममा प्रकाशले नै कर्णालीका लागि सर्वाधिक रन बटुले ।

१० बलको सामना गर्दै उनले तीन चौकाको मद्दतमा १६ रन बनाए । राजेशले ६ दशमलव ३ ओभरमा १२ रन खर्चिएका थिए । ७ ओभर बलिँग गर्दै दुई विकेट लिएका बिबेक यादवले ३३ रन दिए ।

फाइनल प्रवेशका लागि बिशाल जितको आवश्यकता रहेको प्रदेश २ ले दोश्रो ओभरदेखि नै विकेट गुमाउन शुरु गरेको थिए । उसका लागि सन्नी साहले १२ र ओपनर सन्तोष कार्कीले ११ रन बनाए ।

अन्य ब्याट्स्म्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान बिबेक यादव र आक्रमक आदिल अन्सारी सहित प्रदेश २ का पाँच ब्याट्स्म्यानहरुले खाता खोल्न सकेनन् ।

प्रकाश बाहेक अनुज चुनाराले पनि कर्णालीका लागि दुई विकेट लिए । दुवै इनिङ्गस गरेर ३० ओभर पनि नचलेको खेलमा जम्मा चार बलर प्रयोग भएका थिए । प्रकाशले प्रतियोगिताकै उच्च बलिँग प्रदर्शन गरेका हुन् ।

उनको नाममा कुल १५ विकेट रह्यो । लुम्बिनीका मोहम्मद हुसैनको १९ विकेट रहेको छ ।

खराब रनरेटकै आधारमा प्रदेश १ अंक तालिकाको पुछारमा रहन गयो भने समान चार अंक रहेको कर्णालीले पाचौं स्थानमा प्रतियोगिता समाप्त गर्यो ।

Click to comment

Trending