Headline

प्रदेश १ लाई हराउदै सुदुर पश्चिम फाइनल समिकरणमा कायमै

Published

on

प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदुर पश्चिम प्रदेश अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल समिकरणमा कायमै रहेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा प्रदेश १ लाई लगातार दोश्रो हारको स्वाद चखाउने क्रममा सुदुर पश्चिमले घातक बलिँग गर्यो । पहिलो तीन खेल जितेको प्रदेश १ २४ ओभरमा ९० रनमै समेटियो ।

खराब शुरुवात गर्दै २३ रनमै चार विकेट गुमाएको सुदुर पश्चिमलाई बसन्त कार्की र अर्जुन साउदले अद्र्धशतकीय साझेदारी गर्दै जित दिलाएका थिए । सुदुर पश्चिमले खुलेर खेल्न नपाएपनि उसले ३१ ओभरमा लक्ष्य प्राप्त गर्यो ।

जितसँगै सुदुर पश्चिम पाँच खेलबाट ६ अंक सहित दोश्रो स्थानमा उक्लिएक्ँे छ । समान ६ अंक रहेको प्रदेश १ रनरेटमा पछि रहेको छ । फाइनल पुग्नका लागि दुवै टोलीले आ–आफ्नो अन्तिम खेल जित्नै पर्नेछ ।

सुदुर पश्चिमलाई सामान्य जितले पर्याप्त रहे पनि प्रदेश १ लाई भने फराकिलो जितको आवश्यकता रहने छ । प्रदेश १ ले बिहिबार गण्डकी प्रदेशबिरुद्ध खेल्ने छ भने सुदुर पश्चिमले लिगको अन्तिम दिन बागमती प्रदेशबिरुद्ध खेल्नेछ ।

अन्तिम खेल अघि चार अंक रहेको गण्डकी र बागमती पनि फाइनल समिकरणमा कायमै रहेका छन् । तर दुवै टोलीलाई फराकिलो जितको आवश्यकता रहनेछ ।

बुधबार सानो लक्ष्य पछ्याउने क्रममा लगातार विकेट गुमाएपछि सुदुर पश्चिमको लागि उच्च फर्ममा रहेका अर्जुन र बसन्तले नटआउट ७१ रनको साझेदारी गरेका थिए ।

बसन्तले ७० बलमा एक चौका र एक छक्का प्रहार गर्दै ३७ रन बनाए भने अर्जुनले ६६ बलमा ३२ रन बनाउदा चार चौका र तीन छक्का प्रहार गरे ।

यसअघि प्रदेश १ का लागि कप्तान अंकित सुबेदीले ६१ रन बनाउदा अन्य कुनै पनि ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । तेश्रो नम्बरमा ब्याटिँगका लागि आएका अंकितले ७१ बलमा ९ चौका प्रहार गरे ।

सुदुर पश्चिमका लागि शेर मल्लले ९ ओभरमा ३१ रन खर्चदै चार विकेट लिए भने नरेन्द्र साउदले चार ओभरमा १३ रन दिदै तीन विकेट लिएका थिए । यस्तै कैलाश ऐरिले दुई विकेट हात पारे ।

Click to comment

Trending