Headline

बागमतीलाई सानो लक्ष्यमा संघर्ष गराएको कर्णाली बाहिरियो

Published

on

पहिलो खेलमा बलियो लुम्बिनी प्रदेशलाई पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको कर्णाली प्रदेश अर्को निराशाजनक ब्याटिँग प्रदर्शन गर्दै अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

मुलपानी क्रिकेट मैदानमा मंगलवार कर्णाली बागमती प्रदेशसँग एक विकेटले पराजित भयो । तर कर्णालीले सानो लक्ष्यमा पनि बागमतीलाई निकै संघर्ष गरायो । पहिलो ब्याटिँगको निम्तो पाएको कर्णाली २७ दशमलव १ ओभरमा ७८ रनमै समेटियो । सानो योगफलमा बागमतीको ८ विकेट लिन सफल भएपनि कर्णाली २० औं ओभरमा पराजित हुन पुग्यो ।

लुम्बिनीलाई हराएपछि कर्णाली लगातार चार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । उसको हातमा अझै एक खेल छ । लुम्बिनी ८ अंक सहित शिर्ष स्थानमा छ भने प्रदेश १ को ६ अंक छ ।

तेश्रो जित हात पारेको बागमतीको पनि ६ अंक छ तर उ रनरेटमा भने पछाडी छ । लिगको शिर्ष स्थानमा रहने दुई टोलीले सोझै फाइनल खेल्ने छन् ।

सुदुर पश्चिम प्रदेशसँग ६६ रनमा अल आउट भएको कर्णालीको ब्याटिँग बागमती बिरुद्ध पनि फ्लप भयो । गौतम केसी र बिशाल यादवले घातक बलिँग गर्दा कर्णालीले ३५ रनमै ७ विकेट गुमाइसकेको थियो । रुपक दाहाल (१०) र सन्दिप शाही (१४) ले आठौं विकेटका लागि २४ रन जोडेपछि कर्णालीले ५० रन नघाएको थियो ।

बागमतीका लागि गौतमले ६.१ आोभरमा १० रन खर्चदै चार विकेट लिए भने बिशालले पाँच ओभरमा ११ रन दिएर तीन विकेट लिए । यस्तै क्रिस कार्कीले तीन विकेट लिए

अनुज चुनाराले शुरुवाती चार विकेट लिँदा बागमतीको ब्याटिँग पनि राम्रो हुन सकेन । ४५ रनमै पाँच विकेट गुमाएको बागमतीलाई बिबेक मगरले संयमतापुर्वक ब्याटिँग गर्दै सम्हाल्नु परेको थियो । बिबेक १८ रनमा सुभाष ऐरको बलमा आउट भए ।

क्रिसले दुई छक्का प्रहार गरेपछि बागमती जित नजिक पुगेको थियो । तर क्रिस र बिपुल खनाल एक रनको अन्तरमा आउट हुँदा बागमतीलाई अझै तीन रन चहिएको थियो भने हातमा अन्तिम विकेट मात्र रहेको थियो । गौतमले प्रकाश जैसीको बलमा बिजयी छक्का प्रहार गर्दै बागतीलाई जिताएका थिए ।

Click to comment

Trending