Headline

बालोन डि ओरः फेरि पनि मेस्सीकै राज

Published

on

पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले किर्तिमानी सातौं पटक बिश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डि ओर अवार्ड जितेका छन् ।

गत सिजनका मुख्य दाबेदार रहेका बायर्न म्युनिख स्टार लेवान्डोस्कीले यो सिजन पनि जित्ने अपेक्षा गरिएको थियो तर मेस्सीको राष्ट्रिय टोलीको उपलब्धिले उनलाई पछाडी छोड्यो । अवार्डका लागि तय गरिएको समय सिमाका दौरान मेस्सीले पहिलो पटक आफ्नो देशका लागि प्रमुख प्रतियोगिता जित्दै कोमा अमेरिकाको उपाधि दिलाए ।

अर्जेन्टिना आफैले २८ बर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । उनले बार्सिलोनाका लागि २८, नयाँ क्लब पेरिस सेन्ट जर्माइनका लागि चार र अर्जेन्टिनाका लागि १२ गर्दै कुल ४० गोल गरेका थिए ।

लेवान्डोस्कीले फिफाले दिने गरेको बेस्ट अवार्ड भने जितेका थिए । चेल्सी तथा इटाली मिडफिल्डर जर्जिन्हो तेश्रो र रियल म्याड्रिड तथा फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा तेश्रो स्थानमा रहे ।

पछिल्लो दुई सिजन उत्कृष्ट लयमा रहेका लेवान्डोस्कीले २५ खेलबाट ४९ गोल गरेका थिए । जर्मन महारथी बायर्नले पछिल्लो एक दशक बुन्डेसलिगमा एक छत्र राज गरिरहदा लेवान्डोस्कीले पोल्याण्डका लागि भने केही जितेका थिएनन् ।

जर्जिन्हो पनि अवार्डका लागि हकदार भने रहेका थिए । उनले चेल्सीलाई च्याम्पियन्स लिग जिताउनुका साथै इटालीलाई युरो कप जिताए ।

बिश्वका १ सय ८० फुटबल पत्रकारहरुले मतदान गर्ने बालेना डि ओर २०२० मा कोरोना भाइरसका कारण रद्द भएको थियो । २००८ देखि २०१९ सम्म यो पुरस्कार या त मेस्सी वा पोर्चुगिज सुपरस्टार क्रिष्चितयोनो रोनाल्डोले जित्दै आएका थिए ।

२०१८ मा क्रोएसियन प्लेमेकर लुका मोड्रिच अपवादको रुपमा रहेका थिए । उनले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र क्रोएसियालाई बिश्वकप फाइनलसम्म डोर्याएका थिए ।

“यहाँ हुँदा मलाई फेरि पनि अत्यन्तै राम्रो महसुस भइरहेको छ । दुई बर्षअघि मलाई यो पुरस्कार मैले अन्तिम पटक जित्दैछु जस्तो लागेको थियो । मलाई मान्छेहरुले कहिले सन्यास लिन साधिरहेको थियो तर म अहिले फेरि पेरिस मै छु,” फ्रेञ्च राजधानीमा भएको समारोहमा ट्रफि हातमा लिदै मेस्सीले भने ।

रोनाल्डो आफ्नो करिअरको अन्त्य तिर आउदा अब मेस्सी नै कम्तिमा पनि लामो समयका लागि इतिहासमा सबैभन्दा बढी बालोन डि ओर जित्ने खेलाडी बन्ने निश्चित छ । रोनाल्डोले पाँच पटक बालोन डि ओर जितेका छन् ।

महिला तर्फ भने बार्सिलोना कप्तान एलेक्सिया पुटेयासले अवार्ड जितिन् । उनको कप्तानीमा बार्सिलानाले चेल्सीलाई हराउदै महिला च्याम्पियन्स लिग जितेको थियो ।

२७ बर्षिया पुटेयास युरोपमा २८ गोलका साथ सर्वाधिक स्कोरकर्ता रहिन् । उनले युएफा प्लेयर अफ द इयर र मिडफिल्डर अफ द इयर पनि जितेकी थिइन् ।

Click to comment

Trending