Headline

ए डिभिजन लिगः आर्मी र मच्छिन्द्रबीच गोलरहित बराबरी

Published

on

डिफेन्डिङ्ग च्याम्पियन मच्छिन्द्र क्लब तथा गत संस्करणको उपबिजेता त्रिभुवन आर्मी फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगको आफ्नो दोश्रो खेलमा गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रँगशालामा भएको दोश्रो खेलमा दुवै टोलीले केही राम्रा मुभहरु बनाए पनि गोल गर्ने स्पष्ट अवसर भने सृजना गर्न सकेनन् । लगातार दोश्रो बराबरी खेलेको आर्मीको अंक तालिकामा दुई अंक भएको छ ।

आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । पहिलो खेलमा जित हात पारेको मच्छिन्द्रको भने चार अंक छ ।

सोमबारका दुवै खेल गोलरहित बराबरीमा टुँगिएका थिए । पहिलो खेलमा ब्रिगेड बोइज क्लब र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरी खेले ।

आफ्नो पहिलो खेलमा नेपाल एपिएफ क्लबलाई ३–२ ले पराजित गरेको ब्रिगेडको चार अंक भएको छ भने एनआरटीले अंकको खाता खोलेको हो ।

एनआरटी मच्छिन्द्रसँग पहिलो खेलमा २–१ ले पराजित भएको थियो ।

Click to comment

Trending