Headline

प्रदेश १ को बिजय यात्रामा लुम्बिनीले लगायो पूर्णविराम

Published

on

प्रदेश १ को बिजयी तीन म्याचको बिजयी यात्रामा पूर्णविराम लगाउदै लुम्बिनी प्रदेश अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।

लगातार चौथो खेल जित्ने क्रममा पहिलो खेलमा कर्णालीसँग स्तब्ध भएको लुम्बिनीले ६ विकेटको सहज जित हात पार्यो ।

त्रिवि क्रिकेट मैदानमा बायाँँ हाते तिब्र गतिका बलर मोहम्मद हुसैन एक पटक फेरि चम्किएपछि प्रदेश १ ३७ दशमलव २ ओभरमा मात्र १ सय ६ रनमा समेटियो । लुम्बिनीले २३ दशमलव ३ ओभरमा मात्र चार विकेटको क्षतिमा जित हात पार्यो ।

लुम्बिनीका लागि बिशाल बिक्रम केसीले २६ र कप्तान देव खनालले २५ रन बनाए । वसिर अहमदले १६ बलमा नटआउट २४ रन जोडे । उनले तीन चौका र एक छक्का प्रहार गरे । प्रदेश १ का लागि दिपेश कँडेलले दुई विकेट लिएका थिए ।

यसअघि दुई तिब्र गतिका बलर हुसैन र दुर्गेश गुप्ताले फेरि उत्कृष्ट शुरुवात दिएपछि लुम्बिनी खेलमा हावी भएको थियो । यो प्रतियोगिताको पाँच खेलमा १८ विकेट लिइसकेका हुसैनले पाँच विकेटको प्रदर्शन गरे ।

उनले १० ओभरमा ३१ रन दिए । दुर्गेशले सात ओभरमा २५ रन खर्चदै दुई विकेट लिए भने वसिरले अल राउण्ड प्रदर्शन गर्दै ८ दशमलव २ ओभरमा ९ रन मात्र दिदै तीन विकेट लिएका थिए ।

प्रदेश १ को स्कोरकार्डमा सबैभन्दा ठूलो योगदा अतिरिक्त रनको रह्यो । उसले २१ एक्स्ट्रा पाएको थियो । गौरव कटुवालले १९ रन बनाए भने दिपक जोशीले १८ रन जोडेका थिए ।

Click to comment

Trending