Headline

भिनिसियस जुनियरको गोलमा रियललाई ला लिगामा चार अंकको स्पष्ट अग्रता

Published

on

भिनिसियस जुनियरले ८७ औं मिनेटमा गोल गरेपछि रियल म्याड्रिड सेभियामाथि पुनरागमन जित हात पार्दै स्पेनिस ला लिगामा स्पष्ट चार अंकको अग्रता लिन सफल भएको छ ।

आइतबार भएको खेलमा रियलले शिर्ष स्थानको दाबेदारीमा रहेको टोली सेभियालाई २–१ ले पराजित गर्यो । जितसँगै रियलको १४ खेलबाट ३३ अंक भएको छ । एट्लेटिको म्याड्रिड र रियल सोसिडाडको समान २९ अंक छ भने सेभिया २८ अंकका साथ चौथो स्थानमा झरेको छ ।

घरेलु मैदानमा रियल १२ औं मिनेटमा नै पछि परेको थियो । राफा मिरले हेडर मार्फत गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । करिम बेन्जेमाले ३२ औं मिनेटमा रियलको लागि बराबरी गोल गरेका थिए ।

रियलको पाँच म्याचको बिजयी यात्रामा सेभियाले पूर्णबिराम लगाउने जस्तो देखिएपनि खेल निर्धारित समय सकिनु भन्दा तीन मिनेट अगाडी भिनिसियसले दर्शनीय गोल गर्दै रियललाई सबै प्रतियोगिता गरेर लगातार छैटौं जित दिलाउन सफल भए ।

भिनिसियसको गोलपछि थोमस डेलानीको गोल पोस्टको दिशामा अग्रसर हेडरलाई रोक्दै रियल गोलकिपर थिबाउ कोटर््वाले बराबरी हुनबाट जोगाएका थिए ।

एट्लेटिको आइतबार नै भएको खेलमा काडिजलाई ४–१ ले पराजित गर्यो । त्यस्तै रियल बेटिसले लेभान्टेलाई ३–१ ले हरायो ।

रियलसँगको दुरी एक अंकमा छोट्याउने अवसर रहेको खेलमा सोसिडाड भने इस्पान्योलसँग १–० ले हार्न पुग्यो । इस्पान्योल नवौं स्थानमा छ भने बार्सिलोना २३ अंक सहित सातौं स्थानमा छ ।

Click to comment

Trending