Headline

पुलिसको पहिलो जितमा सुमन लामाको निर्णायक गोल

Published

on

राष्ट्रिय टोली सदस्य सुमन लामाले गरेको एक मात्र निर्णायक गोलमा नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

फ्लडलाइटमा भएको दिनको एक मात्र खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई हरायो । जावलाखेलको यो लगातार दोश्रो हार हो । यसअघि जावलाखेल आफ्नो पहिलो खेलमा पनि मनाङ मस्र्याङ्गदी क्लबसँग १–० ले नै पराजित भएको थियो ।

अग्रता लिदा लिदै पनि त्रिभुवन आर्मी क्लबसँग पहिलो खेलमा बराबरीमा रोक्किएको पुलिसले आइतबार भने ७० औं मिनेटमा लिएको अग्रतालाई जोगाएर राख्न सफल भयो ।

सब्स्टिच्युटको रुपमा मैदान उत्रिएका सुमनले रवि पासवानको पासमा उत्कृष्ट गोल गरेका थिए । त्यसअघि पुलिसले गोल गर्ने अन्य केही मौकाहरु पनि गुमाएको थियो । इन्जुरी समयमा रुप बहादुर लामाले ६ यार्ड बक्सबाटै रोक्दै पुलिसका गोलकिपर शत्रुघन चौधरीले टिमलाई जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

Click to comment

Trending