Headline

युएईबिरुद्ध नेपालले पायो १ सय २८ रनको ठूलो लक्ष्य

Published

on

आईसिसि महिला ट्वान्टी ट्वान्टी बिश्वकपको अन्तिम तथा निर्णायक खेलमा नेपाललाई युएईले १ सय २८ रनको ठूलो लक्ष्य दिएको छ ।

पहिलो ब्याटिङ्गको निम्तो पाएको युएईले पाँच विकेटको क्षतिममा १ सय २७ रन बनायो । शिर्ष स्थानमा पुग्दै आईसिसि महिला ट्वान्टी ट्वान्टी बिश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउन नेपालले यो खेल कम्तिमा ७ बल अघि जित्नु पर्ने हुनेछ ।

नेपालबिरुद्ध ठूलो योगफल बनाउनका लागि युएईका लागि तीन ब्याट्स्उमनहरुको योगदान काफी रह्यो । उसका लागि चमानी सेनेभिरत्नेले अद्र्धशतक प्रहार गरिन् भने ओपनर थिर्था सतिसले पनि ठूलो रन बनाइन् ।

पहिलो विकेट चार रनमै बनाए पनि सतिसले दोश्रो विकेटका लागि कभिषा एगोडोगेले ५८ रनको साझेदारी गरेकी थिइन् । एगोडागेले २७ बलमा २२ रन बनाइन् ।

सतिसले चमानीसँग ४९ रनको अर्को ठोस साझेदारी गरिन् । सतिस ४६ बलमा तीन चौका प्रहार गर्दै ४७ रनमा उप–कप्तान सिता राना मगरको शिकार बनिन् ।

अन्तिम ओभरमा आउट भएकी सेनेभिरत्नेले ३६ बलमा सात चौका प्रहार गर्दै ५२ रन बनाइन् । नेपालका लागि कविता कुवरले दुई विकेट लिइन् भने सबनम राई र सँिगता राईले पनि १–१ विकेट हात पारिन् ।

Click to comment

Trending