Headline

सुदुर पश्चिम बिरुद्ध कर्णालीको लज्जास्पद हार

Published

on

कर्णाली प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदुर पश्चिम प्रदेशले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

पहिलो खेलमा बलियो लुम्बिनी प्रदेशलाई स्तब्ध पार्दै सनसनी मच्चाएको कर्णालीले त्यसपछि भने लगातार तेश्रो खेलमा पराजय व्यहोरेको छ । तर आइतबार मुलपानीको प्रदर्शन भने कर्णालीको लागि लज्जास्पद रह्यो ।

पहिलो ब्याटिङ्गको निम्तो पाएको कर्णाली १६ दशमलव ५ ओभरमा ६६ रनमै समेटियो । जवाफमा सुदुर पश्चिमले १२ दशमलव १ ओभरमा विकेट नगुमााई जित हात पार्यो । सुदुर पश्चिमले पहिलो दुई खेलमा प्रदेश २ र लुम्बिनीसँग हार व्यहोरेको थियो ।

सुदुर पश्चिमको जितमा कप्तान खडक बोहोराले ४२ बलमा ४१ रन बनाए । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । नरेश भट्टले ३१ बलमा तीन चौका प्रहार गर्दै १६ रन जोडे ।

यसअघि पहिलो ओभरमै दुई विकेट गुमाएको कर्णाली कुनै पनि सयम खेलमा फर्कन सकेन । रुपक दाहाल (११) र रमेश बुढा (१२) बीच सातौं विकेटका लाग भएको २८ रनको साझेदारी नै उसको लागि सबैभन्दा ठूलो रह्यो ।

प्रकाश जैसीले १७ बलमा सर्वाधिक १५ रन बनाए । उनले दुई चौका र एक छक्का हिर्काएका थिए । सुदुर पश्चिमका लागि आकाश चन्द, नारायण जोशी र शेर मल्लले तीन–तीन विकेट लिए ।

Click to comment

Trending