Headline

कोरोनाको नयाँ भेरिएन्टका कारण महिला बिश्वकप छनोट नै रद्द, थाइल्याण्डमाथि अन्याय

Published

on

दक्षिण अफ्रिकी देशहरुमा कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिन थालेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ले महिला क्रिकेट बिश्वकप क्वालिफायर नै रद्द गरेको छ ।

हाल क्वालिफायर जारी रहेको देश जिम्बाब्वे सहित अन्य थुप्र्रै देशहरुले ट्राभल रेस्ट्रिक्सन प्रयोगमा ल्याएपछि क्रिकेटको सर्वोच्च निकायले यस्तो निर्णय लिएको हो ।

ओमिक्रन नाम दिइएको कोरोनाको नयाँ भेरिएन्टलाई बिश्व स्वास्थ्य संगठनले खतरनाक हुन सक्ने बताइसकेको छ । यो नयाँ भेरिएन्ट दक्षिण अफ्रिकामा नै पत्ता लागेको हो । नयाँ भेरिएन्टको संक्रमणलाई कोरोनाबिरुद्ध यसअघि दिइएका खोपहरु प्रभावकारी हुन नसक्ने पनि बताइएको छ ।

९ टिम सम्मिलित बिश्वकप छनोट हाल लिग चरणमा रहेको छ । न्युजिल्याण्डमा हुने बिश्वकपका लागि जारी क्वालिफायरबाट तीन टिम छनोट हुनुका साथै आईसिसि उमन्स च्याम्पियनसिपको अर्को साइकलका लागि थप टोलीको निर्धारण गर्ने थियो ।

न्युजिल्याण्डमा हुने महिला बिश्वकपका लागि अब आईसिसिले कट अफ डेट अनुसार आईसिसि बरियतामा यसअघि नै स्थान बनाइसकेका पाँच राष्ट्र बाहेकका तीन उत्कृष्ट टोलीहरुको समावेश हुने भएको छ । यस अनुरुप बंगलादेश, पाकिस्तान र वेष्ट इण्डिज बिश्वकपका लागि छनोट भएका छन् ।

शनिबार जिम्बाब्वेबिरुद्ध पाकिस्तान र अमेरिकाबिरुद्ध थाइल्याण्डका खेलहरु भएपनि श्रीलंकन क्रिकेट टिमको सपोर्ट स्टाफहरुमा कोराना देखिएपछि वेष्ट इण्डिज र श्रीलंकाबीचको खेल भने हुन सकेन ।

बंगलादेश, पाकिस्तान र वेष्ट इण्डिज अब महिला बिश्वकपका लागि आयोजक न्युजिल्याण्डसहित अष्ट्रेलिया, इंगल्याण्ड, भारत र दक्षिण अफ्रिकासँग जोडिने भएका छन् ।

बरियताकै आधारमा आईसीसी उमन्स च्याम्पियनसिपका लागि आईसिसिले श्रीलंका र आयरल्याण्डलाई छनोट गरेको छ ।

आईसीसी र कोरोनाको तेश्रो भेरिएन्टको अन्याय भने थाइल्याण्डलाई भएको छ । बंगलादेश, जिम्बाब्वे र अमेरिकालाई पराजित गरेको थाइल्याण्ड समुह बी को शिर्ष स्थानमा रहदै सुपर सिक्सका लागि छनोट भइसकेको थियो भने बिश्वकपमा छनोट नभएपनि उसको लागि उमेन्स च्याम्पियनसिपका लागि स्थान बनाउने राम्रो आधार स्थापित भइसकेको थियो ।

तर थाइल्याण्डले यो सबै अवसर गुमाएको छ । गत बर्ष महिला ट्वान्टी ट्वान्टी बिश्वकप खेल्दै पहिलो पटक आफ्नो क्रिकेट इतिहासमै ठूलो फड्को मारेको थाइल्याण्ड उत्कृष्ट प्रदर्शन गर्दा गर्दै अभागी साबित भएको छ ।

Click to comment

Trending