Headline

ए डिभिजन लिगः लगातार दोश्रो जित सहित मनाङ शिर्ष स्थानमा

Published

on

मनाङ मस्र्याङ्गदी क्लब शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोश्रो जित हात पार्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रँगशालामा भएको दोश्रो खेलमा मनाङले शनिबार हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्यो । उपाधिको प्रबल दोबेदार मध्येको एक मनाङले आफ्नो पहिलो खेलमा पनि जावलाखेल युथ क्लबलाई १–० ले हराएको थियो ।

किर्तिमानी ८ पटकको लिग बिजेता मनाङको जितमा निर्णायक गोल घरेलु लिगका अनुभवी अफ्रिकी खेलाडी ओलादिपो ओलावाले अफिजले गरे । ८४ औं मिनेटमा पुजन उपरकोटीले प्रहार गरेको बलमा निशान लिम्बुको फ्लिक हेडर आफू तिर आएपछि ओलावालेले गोल गरेका थिए ।

ओलावालेले खेलको शुरुवातमै गोल गर्ने मौका गुमाएका थिए । पुजनको फ्रि किकमा उनको हेडर थोरैले बाहिरिएको थियो । ४१ औं मिनेटमा बिश्वास श्रेष्ठको फ्रि किक क्रस बारमा लागेर फर्किएपछि शेर्पाले अग्रता लिने सुनौलो अवसर गुमायो ।

दोश्रो हाफमा गोल अघि दुवै टोलीले केही अवसरहरु गुमाएका थिए । संकटासँग बराबरी रोक्किएको शेर्पाको यो पहिलो हार हो ।

Click to comment

Trending