Headline

कर्णालीलाई हराउदै गण्डकीको पहिलो जित

Published

on

गण्डकी प्रदेशले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा गण्डकीले कर्णाली प्रदेशलाई तीन विकेटले स्तब्ध बनायो ।

टस जितेर पहिलो ब्याटिङ्गको निर्णय लिएको गण्डकीले कर्णालीलाई २८ ओभरमा १ सय १३ रनमै समेट्यो । कर्णालीले कसिलो बलिँग गर्दै निरन्तर विकेट लिएपनि गण्डकीले २६ दशमलव ५ ओभरमा १ सय १६ रन बनायो ।

गण्डकीलाई दोश्रो विकेटका लागि दिपक डुम्रेले दोश्रो विकेटका लागि अर्जुन कुमाल (१४) सँग ४३ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । दिपकले ५० बलमा ६ चौकाको मद्दतमा ३४ रन बनाए । त्यसबाहेक उत्सव श्रेष्ठले २० बलमा तीन चौका र दुई छक्काको सहयोगमा २६ रन बनाए ।

यस्तै सुजन गौतमले १३ रन जोडेका थिए । कर्णालीका लागि सन्दिप शाही र निश्चल रावलले २–२ विकेट लिएका थिए ।

यसअघि कमल परियारले चार र किरण पौडेलले तीन विकेट लिएपछि कर्णाली ३० विकेट समेत टिक्न असफल रह्यो । ११ रनमै तीन विकेट गुमाएको कर्णालीका लागि सुभाष ऐरले डिमल अर्डरबाट १७ रन बनाए भने प्रकाश जैसीले ३५ बलमा २६ रन जोडे ।

१० नम्बरमा ब्याटिँग गर्न आएका अनुज चुनाराले २२ र ९ नम्बरका रुपक दाहालले २० रन जोडेपछि कर्णालीले १ सय रन कटाउन सकेको थियो ।

पहिलो खेलमा लुम्बिनीलाई फराकिलो अन्तरले स्तब्ध पार्दै सनसनी मच्चाएको कर्णालीले लगातार दोश्रो खेल हारेको छ भने गण्डकीले मुलपानी मैदानमा आफ्नो पहिलो दुवै खखेल हारेको थियो ।

Click to comment

Trending