Headline

पछिल्लो दुई युरो कप च्याम्पियन नै कतार बिश्वकपमा नहुन सक्छन्

Published

on

२०२२ को कतार बिश्वकपको युरोपियन प्लेअफमा तीन ठूला टिम एकै समुहमा परेपछि इटाली र पोर्चुगल नै बाहिरिने सम्भावना रहेको छ ।

प्लेअफको समुह बी मा इटाली र पोर्चुगलसँगै टर्की पनि रहेको छ । इटालीले नर्थ मेसेडोनिया र पोर्चुगलले टर्कीसँग खेल्ने छन् । दुई खेलको बिजेताले एक आपसमा खेल्ने छन् । एउटा कुरा के स्पष्ट छ भने टर्की पराजित हुने हो भने पछिल्लो दुई युरो कप बिजेता मध्ये एक बिश्वकपमा हुने छैनन् ।

टर्कीले उत्कृष्ट प्रदर्शन गर्न सक्ने हो भने दुवै टोली बाहिरिने सम्भावना पनि कायम छ । इटाली युरो कप च्याम्पियन र पोर्चुगल २०१६ को बिजेता हो ।

इटाली २०१८ को बिश्वकपका लागि पनि प्लेअफ बाटै बाहिरिएको थियो । इटाली ६० बर्षमा पहिलो पटक बिश्वपमा छनोट नभएको हो । पोर्चुगलले १९९८ को बिश्वकप छुटाए यता हरेक प्रमुख प्रतियोगिताहरु खेल्दै आएको छ ।
छनोटको पहिलो चरणमा इटाली नर्दन आयरल्याण्डसँग बराबरीमा रोक्किएपछि स्विट्जरल्याण्डले बिश्वकपमा स्थान बनाएको थियो भने पोर्चुगल सर्बियासँग पराजित हुन पुगेको थियो ।

पोर्चुगल प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो टोलीको पहिलो लक्ष्य मार्चमा हुने प्लेअफमा टर्कीलाई नै हराउनु रहेको बताएका छन् । उनीहरु कहिले राम्रो खेल्छन् कहिले खेल्दैनन् । टर्की यस्तो टोली हो जसले सधै अर्को टिमको लागि काँडा हुने गर्छ । तर म बिश्वकपमा छनोट हुनेमा भने बिश्वस्त छु, सान्टोसले भने ।

प्ले अफको अर्को समुहमा वेल्स र स्कटल्याण्डको फाइनलमा भेट हुन सक्छ । वेल्सले अष्ट्रियसँग खेल्ने छ भने स्कटल्याण्डले युक्रेनको सामना गर्नेछ । १९९८ यता स्कटल्याण्ड बिश्वकपमा छनोट हुन सकेको छैन । वेल्स ६४ बर्षमा पहिलो पटक बिश्वकप खेल्ने प्रयासमा हुनेछ ।

यस्तै रुसले अर्को समुहमा पोल्याण्डको सामना गर्नेछ भने स्विडेनले चेक रिपब्लिकसँग खेल्नेछ । रुसले हालसम्म घरेलु मैदानमा जम्मा एक पटक मात्र बिश्वकप छनोटको खेल हारेको छ र त्यो सन् २००९ मा जर्मनीबिरुद्ध रहेको थियो ।

Click to comment

Trending