Headline

ए डिभिजन लिगमा संकटाको पहिलो जित

Published

on

प्रतिस्पर्धात्मक खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबलाई २–१ ले पराजित गरेको छ ।

पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको संकटाले दशरथ रँगशालामा फ्लड लाइट मुनि स्पष्ट नतिजा निकाल्यो । दुवै तर्फबाट गोलका लागि निरन्तर प्रयास भएपनि फ्रेण्ड्सले पहिलो हाफ अघि अग्रता लिएको थियो ।

फ्रेण्ड्सका लागि कप्तान तथा पुर्व राष्ट्रिय टोली मिडफिल्डर प्रकाश बुढाथोकीले गोल गरे । प्रकाशले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार सुन्दर गोलमा परिणत भएको थियो । लगत्तै संकटाका निरज बस्नेतको प्रहारलाई फ्रेण्ड्स गोलकिपर राहुल यादवले बचाएका थिए ।

निरजको मिहिनेत दोश्रो हाफमा सफल भयो । ५७ औं मिनेटमा सुभाष गुरुङको कर्नरमा निरजले हेडरमार्फत गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए ।

८६ औं मिनेट नेपाली लिगका अनुभवी अफ्रिकी खेलाडी फोडे फाफोनाले भलिमा गोल गर्दै संकटाको लागि निर्णायक गोल गरे ।

निरज खेलको म्यान अफ द म्याच पनि घोषित भए । फ्रेण्ड्सले पहिलो खेलमा सातदोबाटो युवा क्लबसँग बराबरी खेलेको थियो ।

Click to comment

Trending