Headline

ए डिभिजन लिगः नवप्रवेशी सातदोबाटोसँग थ्रि स्टार स्तब्ध

Published

on

सातदोबाटो युथ क्लब बलियो थ्रि स्टारलाई स्तब्ध बनाउदै शहीद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रँगशालामा भएको पहिलो खेलमा यसै बर्ष ए डिभिजन लिगमा डेब्यु गरेको सातदोबाटोले पहिलो खेलमा शान्दार जित निकालेको थ्रि स्टारलाई १–० ले हरायो ।

थ्रि स्टारले आफ्नो पहिलो खेलमा च्यासल युवा क्लबलाई ३–० ले हराएको थियो ।

सातदोबाटोको जितमा सुदिप गुरुङ्गले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । उनले २९ औं मिनेटमा अजय मार्टिन्सले निकालेको पासमा गोल गरेका थिए ।

थ्रि स्टार बलियो नाम रहेपनि सातदोबाटोले निकै आकर्षक खेलेको थियो । ३७ औं मिनेटमा सातादोबाटोका गोलकिपर अभिषेक बरालले ऋतिक खड्काको लामो दुरीको प्रहारलाई उत्कृष्ट ढँगले बचाएका थिए ।

थ्रि स्टारका गोलकिपर प्रिसोले मार्टिन्सले पेनाल्टी एरियाबाट गरेको प्रहारलाई रोकेपनि सातदोबाटोले अग्रता दोब्बर गर्ने मौका गुमाएको थियो ।

पहिलो खेलमा फ्रेण्ड््स क्लबसँग बराबरी खेलेको सातदोबाटोको दुई खेलबाट चार अंक भएको छ । फ्रेण्ड्सले शुक्रबारको दोश्रो खेलमा संकटा क्लबको सामना गर्नेछ ।

 

Click to comment

Trending