Headline

लगातार तेश्रो जित हात पार्दै नेपालको शिर्ष स्थान कब्जा गर्ने आशा कायमै

Published

on

मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले आईसिसि ट्वान्टी ट्वान्टी महिला बिश्वकप एसिया क्वालिफायरमा लगातार तेश्रो जित हात पारेको छ ।

जितका लागि ९३ रनको लक्ष्य पाएको नेपालले १८ दशमलव २ ओभरमा चार विकेटको क्षतिमा जित हात पार्यो । जितसँगै नेपाल रनरेटको आधारमा शिर्ष स्थानमा उक्लिएको छ तर समान ६ अंक रहेको युएईले अर्को खेलमा कुवेतलाई हराउने हो भने दोश्रो स्थानमा झर्नेछ ।

ओपनर इन्दु बर्मा (चार) लाई १६ रनमा गुमाएको नेपाललाई कप्तान रुबिना क्षेत्री र उप कप्तान सिता राना मगरले ४८ रनको साझेदारी गर्दै सम्हालेका थिए । सिताले ३० बलमा ३८ रन बनाउदै तीन चौका प्रहार गरिन् ।

रुबिनाले २९ बलमा २० रनको योगदान दिइन् । सरिता मगर १५ रनमा नटआउट रहिन् भने कविता कुँवरले १० रन बनाईन् । नेपालका तीन खेलाडी रनआउट भएका थिए ।

यसअघि पहिलो फिल्डिँग रोजेको नेपालबिरुद्ध नम्बर ३ ब्याट्स्उमन एल्सा हन्टरको प्रमुख योगदानमा मलेसियाले ७ विकेट गुमाउदै ९२ रन बनाएको थियो ।

एल्साले युस्रिना याकोप (१२) सँग २४ र मास एलिसा (१४) सँग ३० रनको साझेदारी गरेपछि मलेसिया १ सय रन नजिक पुगेको हो । एल्साले ४८ बलमा चार चौका प्रहार गर्दै ३९ रन बनाइन् ।

यसबाहेक याकोपले मलेसियन इनिङ्गसको बाकी दुई चौका हिर्काएकी थिइन् । नेपालको लागि सबनम राईले चार ओभरमा २७ रन खर्चदै दुई विकेट लिइन् । कविता कुवार, सिता र रुबिनाले पनि एक–एक विकेट लिएका थिए ।

एक चरणको राउण्ड रोबिन लिगपछि शिर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ ।

Click to comment

Trending