Headline

नेपाललाई मलेसियाले दियो ९३ रनको चुनौतिपूर्ण लक्ष्य

Published

on

आईसिसि ट्वान्टी ट्वान्टी महिला बिश्वकप एसिया क्वालिफायर अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा मलेसियाबाट ९३ रनको चुनौतिपूर्ण लक्ष्य पाएको छ ।

दुबईमा टस जिती पहिलो फिल्डिँग रोजेको नेपालबिरुद्ध नम्बर ३ ब्याट्स्उमन एल्सा हन्टरको प्रमुख योगदानमा मलेसियाले ७ विकेट गुमाउदै ९२ रन बनायो ।

एल्साले युस्रिना याकोप (१२) सँग २४ र मास एलिसा (१४) सँग ३० रनको साझेदारी गरेपछि मलेसिया १ सय रन नजिक पुगेको हो । एल्साले ४८ बलमा चार चौका प्रहार गर्दै ३९ रन बनाइन् ।

यसबाहेक याकोपले मलेसियन इनिङ्गसको बाकी दुई चौका हिर्काएकी थिइन् । नेपालको लागि सबनम राईले चार ओभरमा २७ रन खर्चदै दुई विकेट लिइन् । कविता कुवार, सिता राना मगर र कप्तान रुबिना क्षेत्रीले पनि एक–एक विकेट लिएका थिए ।

पहिलो खेलमा हँगकँगसँग पराजित नेपाल हाल अंक तालिकामा चार अंक सहित दोश्रो स्थानमा रहेको छ । शिर्ष स्थानको युएईको ६ अंक छ । नेपालले लिगको अन्तिम दिन आइतबार युएईको सामना गर्नेछ ।

एक चरणको राउण्ड रोबिन लिगपछि शिर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ ।

Click to comment

Trending