Headline

नेपालको अर्को बिशाल जित, कुवेत २७ रनमै अलआउट

Published

on

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले कुवेतलाई ९ विकेटले हराउदै आईसिसि महिला ट्वान्टी ट्वान्टी बिश्वकपमा लगातार दोश्रो ठूलो जित हात पारेको छ ।

नेपालको धारिलो बलिँग सामु कुवेता १५ दशमलव ४ ओभरमा मात्र २७ रनमा अलआउट भयो । जवाफमा नेपालले मात्र ३ दशमलव ३ ओभरमा एक विकेट गुमाएर जित हात पार्यो ।

जितसँगै नेपालको प्रतियोगितामा शिर्ष स्थान कब्जा गर्ने आशा कायमै रहेको छ । युएईसँगै समान चार अंक रहेको नेपाल रनरेटको आधारमा शिर्ष स्थानमा कायम रहेको छ । आयोजक युएईले एक खेल कम खेलेको छ । नेपाल पहिलो खेलमा हँगकँगसँग पराजित भएको थियो ।

प्रतियोगिताको शिर्ष स्थानमा रहने टोलीले महिला ट्वान्टी ट्वान्टी बिश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ । नेपालले अर्को खेलमा मलेसिया र लिगको अन्तिम दिन युएईको सामना गर्नेछ ।

सामान्य लक्ष्य पछ्याउने क्रममा ओपनर तथा उप–कप्तान सिता राना मगरलाई शुन्यमै गुमाएको नेपाललाई कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले २७ रनको साझेदारी गर्दै सहज जित दिलाए ।

इन्दुले ८ बलमा १३ र रुबिनाले १० बलमा १२ रन जोडिन् । दुवै एक–एक चौका प्रहार गरे ।

यसअघि पहिलो ब्याटिङ्ग गर्ने निर्णय लिएको कुवेतले दोश्रो ओभरदेखि विकेट गुमाउन थालेको थियो । कुवेतका ७ जनाले खाता खोल्न नसक्दा ओपनर प्रियादा मुरलीले सर्वाधिक १० रन बनाइन् भने मर्यम ओमारले ७ रन जोडिन् ।

नेपालका लागि सँगिता राईले २ दशमलव ३ ओभरमा दुई रन खर्चदै तीन विकेट हात पारिन् । रुबिनाले तीन ओभरमा मात्र एक रन खर्चदै दुई विकेट लिइन् भने तीन ओभरमा ८ रन दिएकी करुणा भण्डारीको नाममा पनि दुई विकेट रह्यो ।

Click to comment

Trending