IPL

धोनी अर्को तीन वर्ष चेन्नाईमा नै रहने 

Published

on

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान तथा चेन्नाईका कप्तान महेन्द्र सिंह धोनी अर्को तीन वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज टोली चेन्नाई सुपर सुपर किंग्समा नै रहने भएका छन् ।

आगामी सिजन देखि आईपीएलमा नयाँ दुई टोली सहित कुल १० टोलीको सहभागिता रहने छ । जसका कारण भारतीय क्रिकेट बोर्डले ठुलो अक्सन गर्दैछ । तर पूर्ण अक्सनमा जानु अघि उसले एक टोलीले सर्वाधिक चार खेलाडीलाई रिटेन गर्न पाउने नियम बनाएको थियो । जस अनरुप चेन्नाईले आफ्नो टोलीको एक मात्र कप्तान महेन्द्र सिंह धोनीलाई रिटेन गरेको हो ।

सन् २००८ बाट सुरु भएको आईपीएलको पहिलो संस्करण देखि गत संस्करणको आईपीएल सम्म धोनी नै चेन्नाईका कप्तान रहँदै आएका छन् । सन् २०१६ र २०१७ को सिजनमा प्रतिबन्धमा परेको चेन्नाईले कुल चार पटक उपाधि हात पारेको छ । यसै वर्ष सेप्टेम्बरमा भएको पछिल्लो संस्करणको फाइनलमा कोलकातालाई पाखा लगाउँदै धोनीले चेन्नाईलाई चौथों उपाधि दिलाएका थिए ।

चेन्नाईले धोनी बाहेक अलराउण्डर रविन्द्र जडेजा र यसै वर्षको ओरेन्ज क्याप विजेता तथा ओपनर रुतुराज गायकवाडलाई पनि रिटेन गर्ने निर्णय लिएको छ । चेन्नाईले अब एक जना विदेशी खेलाडीलाई आफ्नै टोलीमा राख्न पाउँछ । चेन्नाईले इंग्ल्यान्डका अलराउण्डर मोइन अलीलाई रिटेन गर्नका लागि कुरा अघि बढाई रहेको छ । अलीले चेन्नाईमा बस्ने इच्छा नदेखाएमा युवा अलराउण्डर साम कर्रनलाई रिटेन गर्ने भएको छ ।

आईपीएलको मेगा अक्सन अर्को महिना हुनेछ र बिसीसीआईले सबै फ्रेन्चाइजलाई यसै महिनाको अन्त्य सम्ममा आफूले रिटेन गर्ने खेलाडीहरुको नाम दिन भनेको छ ।   

त्यस्तै पाँच पटकको उपाधि विजेता मुम्बईले कप्तान रोहित शर्मा र तीब्र गतिका बलर जस्प्रित बुम्रालाई तथा दिल्लीले ऋषभ पन्त, अक्सर पटेल, पृथ्वी श र दक्षिण अफ्रिकाका एनरिच नोर्किएलाई रिटेन गर्ने भएको छ ।  

Click to comment

Trending