Headline

बागमतीको पहिलो जितमा बिबेकको आकर्षक ब्याटिङ्ग

Published

on

गण्डकीलाई ७५ रनको फराकिलो अन्तरले पराजित गर्दै बागमती प्रदेशले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा बिबेक राना मगरले आकर्षक अद्र्धशतक बनाएपछि मंगलवार त्रिवि मैदानमा प्रदेश १ सँग पराजित बागमतीले प्रतियोगितामा पुनरागमन गर्यो ।

टस जिती पहिलो ब्याटिङ्ग गरेको बागमतीले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनायो । कप्तान प्रतिस जिसी र स्पिनर तिलक भण्डारीले ३–३ विकेट लिएपछि गण्डकी ४३ दशमलव ३ ओभरमा १ सय ३८ रनमै अल आउट भयो ।

खराब शुरुवात गरेको गण्डकीका लागि अर्जुन कुमालले मात्रै उल्लेखनीय योगदान दिए । छैटौं विकेटको रुपमा आउट भएका अर्जुनले ९४ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५५ रन बनाए । सुभाष भण्डारी र सुजन गौतमले समान १३ रन बनाए भने अन्य कुनै ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको बागमतीले खराब शुरुवात गर्दै ६४ रनमा पाँच विकेट गुमाईसकेको थियो । तर बिबेकले अन्य ब्याट्स्म्यानहरुसँग मिलेर बागमतीको इनिङ्गस सम्हालेका थिए ।

उनले प्रतिक श्रेष्ठ (१७) सँग ६३ रन जोडेका थिए भने प्रतिससँग ४१ रनको साझेदारी गरे । प्रतिसले १३ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २२ रन बनाए । अन्तिम विकेटको रुपमा आउट भएका बिबेकले १ सय ११ बलको सामना गर्दै ११ चौका र तीन छक्काको मद्दतमा ८९ रन बनाए ।

गण्डकीका लागि सुदिप अर्याल, कमल परियार र अभिषेक थापाले ३–३ विकेट लिएका थिए ।

Click to comment

Trending