Headline

लुम्बिनीको कर्णालीसँग १ सय ४० रनको लज्जास्पद हार

Published

on

प्रकाश जैसी र अनुज चुनाराले उत्कृष्ट बलिँग गरेपछि कर्णालीले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी माथि १ सय ४० रनको बिशाल जित हात पारेको छ ।

सुभाष ऐरले आकर्षक ब्याटिङ्ग गर्दै निश्चल रावलसँग शतकीय साझेदरी गरेपछि कर्णालीले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रन बनायो । प्रकाश र अनुजले शुरुवाती ओभरहरुमा घातक बलिँग गरेपछि धराशायी बनेको लुम्बिनी २३ दशमलव ५ ओभरमा ९२ रनमै समेटियो ।

लुम्बिनीले १२ औं ओभरमा ४० रन बनाउदा ८ विकेट गुमाईसकेको थियो । त्यसपछि प्रज्वल थापा र दुर्गेश गुप्ताले ४७ रनको साझेदारी गर्दै १ सय रन नजिक पुर्याएका थिए । स्पिनर युनिस सिँहले त्यो साझेदारी तोडेसँगै लुम्बिनीको इनिङ्गस समाप्त भएको थियो । युनिसले तीन विकेट लिए ।

प्रकाशले ९ ओभरमा ४३ रन खर्चदै पाँच विकेट लिए भने अनुजले पनि दुई विकेट लिए ।

यसअघि बिपिन रावललले छरितो खेल्दै २६ बलमा चार चौका र एक छक्का प्रहार गर्दै कर्णालीलाई आकर्षक शुरुवात दिलाएका थिए । दुर्गेशले दुई ओपनरलाई पेभिलियन फर्काए पछि सुभाष र निश्चलले १ सय २२ रनको साझेदारी गरे ।

सुभाषले ९० बलमा ७६ रन बनाउदै ९ चौका र तीन छक्का प्रहार गरे । निश्चलले ९९ बलमा ४४ रन बनाउदा पाँच चौका प्रहार गरे । प्रकाशले २५ रन पनि बनाएका थिए ।

लुम्बिनीका लागि दुर्गेशले चार विकेट लिए भने बिशाल बिक्रम केसीले दुई विकेट हात पारेका थिए ।

Click to comment

Trending