Headline

नेपालले भुटानलाई ६१ रनमै रोक्यो

Published

on

आईसीसी ट्वान्टी ट्वान्टी महिला बिश्वकप एसिया छनोटको दोश्रो खेलमा नेपालले भुटानलाई ६१ रनमै रोकेको छ ।

दुबईमा टस जिति पहिलो ब्याटिङ्ग गरेको भुटानले नेपालको कसिलो बलिङ्ग सामु खेल्न नसकी २० ओभरमा ६ विकेटको क्षतिमा ६१ रनमात्र बनायो । भुटानलाई खुलेर खेल्न नदिने काम उप–कप्तान सिता राना मगर र करुणा भण्डारीले गरिन् ।

सिताले चार ओभरमा मात्र १० रन खर्चदै तीन विकेट लिइन् भने करुणाले एक विकेट लिदा चार ओभरमा मात्रै ६ रन दिएकी थिइन् । राम्रो शुरुवात गरेको भुटानले ६ दशमलव ५ ओभरसम्म बिना विकेट ३० रन जोडेको थियो । तर सिताले ओपनर सोनाम पाल्दोनको विकेट लिएपछि भुटानको इनिङ्गसमा ब्रेक लागेको थियो ।

सिताले भुटानको लागि १२ रन बनाएकी अर्की ओपनर गवाँग छोदेनको पनि विकेट लिएकी थिइन् । कप्तान येसे छोदेनले ९ रन बनाइन् । अन्तिम १२ ओभरमा मात्र ३१ रन जोड्दै ६ विकेट गुमाएको भुटानको इनिङ्गसमा जम्मा तीन चौका सामेल थियो ।

नेपाल पहिलो खेलमा सोमबार हँगकँगसँग ६ विकेटले पराजित भएको थियो । हँगकँग मंगलवार नै भएको खेलमा युएईसँग ११ रनले पराजित भयो । शिर्ष स्थानको टोली बिश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने भएका कारण हँगकँगको हारले नेपालको शिर्ष स्थान हात पार्ने अब आफ्नो हातमा रहने भएको छ ।

युएई चार अंक सहित अहिले शिर्ष स्थानमा उक्लिएको छ ।

Click to comment

Trending