Headline

मोहम्मद हुसैनको ७ विकेटमा गण्डकी ध्वस्त

Published

on

तिब्र गतिका बलर मोहम्मद हुसैनले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिएपछि लुम्बिनी प्रदेशले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ ।

मंगलवार मुलपानी क्रिकेट मैदानमा हुसैनको घातक बलिंगको मद्दतमा लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्यो । टस जिती पहिलो फिल्डिँग रोजेको गण्डकीलाई घरेलु अण्डर १९ क्रिकेट इतिहासकै न्युनतम योगफलमा समेट्यो ।

गण्डकीले १४ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २३ रन मात्र बनाउन सक्यो । गण्डकीलाई ध्वस्त बनाउने क्रममा हुसैनले ७ ओभरमा १४ रन खर्चदै ७ विकेट लिए । दुर्गेश गुप्ताले अजुन कुमालको महत्वपूर्ण विकेट लिए भने वसि अहमदले पनि एक विकेट लिएका थिए ।

गण्डकीका कुनै पनि ब्याट्स्म्यान लागि अर्जुनले सर्वाधिक ६ रन बनाए भने टिमले पाएको सबैभन्दा ठूलो योगदान एक्स्ट्रा १४ रन रह्यो ।

लुम्बिनीले ५ दशमलव ५ ओभरमा लक्ष्य प्राप्त गर्यो । उसका लागि कप्तान देव खनालले २० बलमा चार चौका प्रहार गर्दै १८ रन बनाए भने बिराट भण्डारीले ८ रन बनाए । गण्डकीको लागि सुभाष भण्डारीले विकेट लिए ।

Click to comment

Trending