Headline

पेद्री बने युरोपका उत्कृष्ट युवा खेलाडी

Published

on

बार्सिलोना तथा स्पेनका युवा स्टार पेद्रीले प्रतिष्ठित गोल्डेन बोए अवार्ड जितेका छन् । यो पुरस्कार युरोपका २१ बर्ष मुनिका उत्कृष्ट खेलाडीलाई दिइने गरिन्छ ।

१८ बर्षिय पेद्रीले बार्सिलोनाका लागि २०२०–२१ सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् भने युरो कपमा पनि स्पेनका लागि लोभलाग्दो प्रदर्शन गरेका थिए । युरो कपमा पनि पेद्री उत्कृष्ट युवा खेलाडीसँगै टिम अफ द टुर्नामेन्टमा छानिएका थिए ।

पेद्रीले स्पेनका लागि टोकियो ओलम्पिक्समा रजत पदक पनि जितेका थिए ।

२००३ देखि इटाली टुटोस्पोर्टले दिदै आएको अवार्डका पुर्व बिजेताहरुमा लियोनल मेस्सी, वेन रुनी, सर्जियो अगुएरो, पउल पोग्बा, रहिम स्टर्लिङ्ग रहिसकेका छन् । पछिल्लो दुई बर्ष यसको उपाधि किलियन एमबाप्पे र एर्लिङ्ग हालान्डले जितेका थिए ।

यसको उपाधिका लागि युरोप भरिका फुटबल पत्रकारहरुले आफ्नो शिर्ष पाँच खेलाडीलाई मतदान गर्ने गरेका छन् ।

पेद्रीले आफ्ना निकटका प्रतिद्वन्दीहरुलाई निकै पछाडी छोडेका थिए । छानिएको ४० मा उनी २४ पटक शिर्ष स्थानमा रहे भने कुल ३ सय १८ मत पाएका थिए । दोश्रो स्थानभन्दा उनी १ सय ९९ भोटले अघि रहे । यो २००३ यताकै सबैभन्दा भारी अन्तरको जित हो ।

Click to comment

Trending