Women T20 World Cup Qualfiers

विश्वकपको सपना देखेको नेपाली टोली पहिलो खेलमा नै पराजित 

Published

on

विश्वकप खेल्ने सपना देखेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो पहिलो खेलमा नै हारको सामना गरेको छ । 

आजको हार पनि नेपालको विश्वकप यात्रामा धक्का लागेको छ । ६ टोली सम्मिलित एसिया छनोटमा सबै टोलीले समान ५-५ खेल खेल्न पर्ने र अंक तालिकाको शिर्ष स्थान हात पार्ने टोलीले ग्लोबल क्वालिफायर्समा स्थान सुरक्षित गर्नेछ । तर आजको खेलले नेपालले अबका सबै चार खेल जित्न पर्ने हुन्छ भने हंगकंग लगायत अन्य टोलीले पनि एक भन्दा बढी खेलमा हारको सामना गर्न पर्ने हुन्छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १०४ रन बनायो भने १०५ रनको लक्ष्य चार विकेट गुमाएर १७ दशमलब छ ओभरमा नै पार गर्यो । 

हंगकंगको जितमा ओपनर मारिको हिलले अविजित रहँदै ४२ बलमा सर्वाधिक ४४ रनको पारी खेलिन् । 

नेपालको तर्फबाट कविता कुँवर, सिता राना मगर र सबनम राईले समान १-१ विकेट हात पारे । 

यस अघि खराब सुरुवातका बाबजुद ओपनर सिता राना मगर र इन्दु बर्माको सुजबुझ पूर्ण ब्याटिङमा नेपालले १०४ रन बनाउन सफल भयो । 

पहिलो ओभरको दोश्रो बलमा नै ओपनर कविता कुँवर शुन्य रनमा च्यान का मानको बलमा क्याच आउट हुन पुगिन् । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले निकै सुस्त खेल्दै २४ बलमा चार रन मात्र जोड्न सकिन ।

सात दशमलब पाँच ओभरमा २१ रनको अवस्थामा दुई विकेट गुमाएर सानो योगफलमा समेटिने खतरा रहेको अवस्थामा ओपनर सिता राना मगर र इन्दु बर्माले १२ ओभरमा ८१ रनको साझेदारी गर्दै नेपाललाई चुनौतिपूर्ण योगफल सम्म पुर्याउन सफल भए । 

नेपालको पारी सकिन मात्र एक बल बाँकी रहेको अवस्थामा ५७ बलको सामना गर्दै चार चौकाको मद्दतमा सर्वाधिक ४० रन जोडेकी सिता रन आउट हुन पुगिन् भने इन्दुले ३७ बलमा अविजित ३१ रनको योगदान दिईन् । 

हंगकंगकी च्यान का मानले चार ओभरमा १२ रन खर्चिएर तथा कारी च्यानले १६ रन दिएर समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

नेपालले अब आफ्नो दोश्रो खेलमा भोली भुटानको सामना गर्नेछ ।

Click to comment

Trending