Women T20 World Cup Qualfiers

सुस्त सुरुवातका बाबजुद सिता र इन्दुको ब्याटिङमा नेपालको चुनौतिपूर्ण योगफल 

Published

on

दुबईमा आजबाट सुरु भएको आईसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो पहिलो नेपालमा नेपालले हंगकंगलाई १०५ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।  

खराब सुरुवातका बाबजुद ओपनर सिता राना मगर र इन्दु बर्माको सुजबुझ पूर्ण ब्याटिङमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १०४ रन बनाउन सफल भयो । 

पहिलो ओभरको दोश्रो बलमा नै ओपनर कविता कुँवर शुन्य रनमा च्यान का मानको बलमा क्याच आउट हुन पुगिन् । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले निकै सुस्त खेल्दै २४ बलमा चार रन मात्र जोड्न सकिन ।

सात दशमलब पाँच ओभरमा २१ रनको अवस्थामा दुई विकेट गुमाएर सानो योगफलमा समेटिने खतरा रहेको अवस्थामा ओपनर सिता राना मगर र इन्दु बर्माले १२ ओभरमा ८१ रनको साझेदारी गर्दै नेपाललाई चुनौतिपूर्ण योगफल सम्म पुर्याउन सफल भए । 

नेपालको पारी सकिन मात्र एक बल बाँकी रहेको अवस्थामा ५७ बलको सामना गर्दै चार चौकाको मद्दतमा सर्वाधिक ४० रन जोडेकी सिता रन आउट हुन पुगिन् भने इन्दुले ३७ बलमा अविजित ३१ रनको योगदान दिईन् । 

हंगकंगकी च्यान का मानले चार ओभरमा १२ रन खर्चिएर तथा कारी च्यानले १६ रन दिएर समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

Click to comment

Trending