Headline

पहिलो पटक ग्लोबल क्वालिफायरमा नेपाली महिला टोलीको आँखा

Published

on

नेपाली टोलीले मिसन वल्र्ड कपको नाम दिएको आईसीसी महिला ट्वान्टी ट्वान्टी बिश्वकप एसिया छनोटमा सोमबार हंगकंगको सामना गर्दैछ ।

एक चरणको राउण्ड रोबिन लिगको आधारमा खेलाइने ६ टिम सम्मिलित एसिया छनोटबाट शिर्ष स्थानमा रहने टोलीले मात्र ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ । यस हिसाबले नेपालको लागि हरेक खेल फाइनल सरह रहनेछ ।

एशोसिएटमा एसियाबाट बलियो टोलीको रुपमा स्थापित भइसकेको थाइल्याण्डले सोझै ग्लोबल क्वालिफायरमा स्थान बनाइसकेका कारण नेपाल यस प्रतियोगिताको प्रबल दाबेदारको रुपमा रहेको छ । तर नेपालको लागि एसिया क्वालिफायर सोचे जस्तो सहज भने हुने छैन ।

नेपालसँगै आयोजक युएई र हंगकंग एसिया क्वालिफायरमा तीन ठूलो टोली हुन् र यी टिमहरुबीचको परिणामले नै ग्लोबल क्वालिफायरमा पुग्ने एक मात्र टोलीको निर्धारण गर्नेछ । नेपाल आफ्नो क्रिकेटको शुरुवाती दिनहरुमा हंगकंगसँग पराजित भएपनि लामो समययता उसले हारको सामना गरेको छैन ।

नेपालको लागि पछिल्लो केही समयको परिणाम र आफ्नै कण्डिसनमा खेल्न गइरहेको हिसाबले युएई चुनौतिपूर्ण प्रतिद्वन्दी हो । २०१७ को यसै प्रतियोगितामा युएईसँग हारेको नेपालले २०१९ को प्रतियोगितामा भने बदला लिन सफल भएको थियो । तर थाइल्याण्डको उपस्थितिका कारण नेपाल ग्लोबल क्वालिफायरमा छनोट हुन सकेन ।

यस पटक नेपाललाई पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट हुने राम्रो अवसर छ र यसका लागि कतारमा तीन म्याचको श्रृंखला खेल्दै लयमा रहेको नेपाली टोलीले युएई र हंगकंगको चुनौति पाखा लगाउन आवश्यक छ ।

Click to comment

Trending