Headline

म्यानचेस्टर युनाइटेडको जागिर खान इच्छुक छैनन् जिदान

Published

on

ओले गुनार सोल्सायरलाई व्यवस्थापकबाट बर्खास्त गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले उनको स्थानमा फ्रेञ्च लेजेण्ड जिनेदिन जिदान नियुक्त गर्न कुरा अगाडी बढायो । तर पुर्व रियल म्याड्रिड प्रशिक्षक ओल्ड ट्राफोर्ड आउन इच्छुक भने छैनन् ।

बिबिसीले एक श्रोतलाई उल्लेख गर्दै पुर्व रियल म्याड्रिड प्ले मेकर जिदान आफै युनाइटेड आउने इच्छुक नरहेको बताएको छ । युनाइटेडले शनिबार वाटफोर्डसँग ४–१ को हार व्यहोरेपछि सोल्सायरलाई बर्खास्त गरेको थियो ।

यो सिजन इंगलिस क्लबको रुपमा सबैभन्दा बढी पैसा खर्च गर्दै उपाधि जित्न सुर कसेको युनाइटेडले पछिल्लो ७ मध्ये पाँच खेलमा हार व्यहोर्दा शिर्ष स्थानको चेल्सीभन्दा १२ अंकले पछि परिसकेको छ ।

१२ चरणका खेलहरु समाप्त भइसक्दा आठौं स्थानमा रहेको युनाइटेडलाई अब शिर्ष चार भित्र रहन पनि ठूलो चुनौति हुनेछ । युनाइटेड च्याम्पियन्स लिगका लागि टेबलको चौथो स्थानमा रहेको वेष्ट ह्याम भन्दा अझै ६ अंकले पछाडी रहेको छ ।

हाइ प्रोफाइल प्रशिक्षकको खोजीमा रहेको युनाइटेडको पहिलो रोजाई जिदान रहेको थियो तर उनलाई भित्र्याउन क्लबले धेरै कसरत गर्नु पर्ने तय छ ।

रियलसँग दोश्रो पटकको प्रशिक्षणकाल जिदानले यही मे मा समाप्त गरेका थिए । उनले रियललाई २०१६ सिजनदेखि तीन पटक च्याम्पियन्स लिग बिजेता बनाएका थिए । २०१८ मा छोडेर फेरि फर्किएपछि जिदानले रियललाई २०२० को ला लिगा र सुपर कप उपाधि जिताए ।

जिदान यदि स्थान उपलब्ध रहेको स्थितिमा फ्रेञ्च राष्ट्रिय टोली अथवा क्लब जायन्ट पेरिस सेन्ट जर्माइनलाई सम्हाल्न चाहन्छन् । फ्रेञ्च टोलीलाई १९९८ को बिश्वकप बिजेता कप्तान डिडिस डेसच्याम्प्सले सम्हाल्दै आइरहेका छन् ।

भविष्यको युनाइटेडका व्यवस्थापकका रुपमा हेरिएका अर्जेन्टाइन मउरिसियो पोचेटिन्हो हाल पिएसजीको व्यवस्थापक रहेका छन् र क्लब व्यवस्थापन अहिले उनलाई लिएर सन्तुष्ट नै रहेको छ ।

Click to comment

Trending