Headline

कप्तान करुणारत्नेको १२ औं टेस्ट शतकमा श्रीलंका बिशाल योगफलतर्फ

Published

on

दिमुथ करुणारत्नेले १२ औं टेस्ट शतक प्रहार गरेपछि श्रीलंकाले वेष्ट इण्डिजबिरुद्धको पहिलो टेस्टको पहिलो दिन बलियो शुरुवात गरेको छ ।

गलमा टस जिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गरेको घरेलु टोलीले दिनको खेल समाप्त हुँदासम्म मात्र तीन विकेटको क्षतिमा २ सय ६७ रन बनाएको छ । १ सय ३२ रनमा नटआउट रहेका करुणारत्नेलाई अब आफू र टिम दुवैलाई ठूलो योगफल तर्फ डोर्याउन अवसर रहेको छ ।

उत्कृष्ट शुरुवात पाएको श्रीलंकाका लागि पहिलो विकेटका लागि करुणारत्ने र पाथुम निसांकाले १ सय ३९ रनको साझेदारी गरेका थिए । निसांकाले ५६ रन बनाउदै ७ चौका प्रहार गरे ।

रोस्तन चेजले ६ रनको अन्तरमा ओसादा फर्नाण्डो र एन्जेलो म्याथ्युजलाई समान तीन रनमा पेभिलियन फर्काए पछि वेष्ट इण्डिजलाई केही राहत महसुस भएको थियो । तर कप्तान करुणारत्ने क्रिजमा अडिग भएर बसिदिए ।

उनले चौथो विकेटका लागि धनन्जय डि सिल्भासँग १ सय ३ रनको साझेदरी गरिसकेका छन् । डि सिल्भाले छरितो ब्याटिङ्ग गर्दै ७७ बलमा ५६ रन बनाएका छन् । उनको इनिंगसमा पाँच चौका रहेको छ ।

२ सय ६५ बलको म्याराथन इनिंगसमा कुरुणारत्ने १ सय ३२ रनमा नटआउट छन् । उनले १३ चौका प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा करुणारत्नेको सर्वाधिक योगफल बंगलादेशबिरुद्ध २ सय ४४ रन रहेको छ ।

 

Click to comment

Trending