Headline

दिनेशको दुई गोलमा ब्रिगेडको लिगमा बिजयी शुरुवात

Published

on

ब्रिगेड बोइज क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बिजयी शुरुवात गरेको छ । आइतबारको पहिलो खेलमा ब्रिगेडले एपिएफ फुटबल क्लबलाई ३–२ ले पराजित गर्यो ।

दशरथ रँगशालामा ब्रिगेडले खेलको ११ औं मिनेटमा नै अग्रता लिएको थियो । दिनेश राईले लामो दुरीको फ्रि किकबाट दर्शनीय गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाए । ६ मिनेटपछि नै एपिएफ खेलमा फर्कियो ।

राष्ट्रिय टोलीका आशिष लामाले आभाष लामिछानेको क्रसमा फस्ट टाइम गोल गरे । त्यसपछि दुवै टोलीबाट एक–एक प्रहार बारमा लागेर फर्किएको थियो ।

६५ औं मिनेटमा दिनेशले एकल प्रयासमा गोल गर्दै ब्रिगेडको अग्रतालाई फर्काए । ७७ औं मिनेटमा बिक्की तामाङले गोल गरेपछि एपिएफले दोश्रो पटक खेलमा बराबरी गर्यो ।

इन्जुरी समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई महत्वपूर्ण जित दिलाए । खेलको म्यान अफ द म्याच ब्रिगेडका रोशन राना मगर घोषित भए ।

आइतबारको दोश्रो खेलमा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङदी क्लब खेल्ने छन् ।

Click to comment

Trending