Headline

राइट टु प्रोटिन हाफ म्याराथन पौष ३ गते

Published

on

नेपाल भेटेरिनेरी संघले पौष ३ गते राइट टु प्रोटिन हाफ म्याराथन गर्ने भएको छ । प्रोटिन माथिको अधिकार मर्मका साथ दशरथ रँगशालामा बिहान ७ बजे शुरु हुने म्याराथनमा २ हजारको सहभागिता रहने अपेक्षा गरिएको छ ।

म्याराथनमा खुल्ला हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, स्कुल तर्फ बोइज ५ किलोमिटर, गल्र्स ३ किलोमिटर र ह्विलचियर दौडहरु हुनेछन् । कुल १० लाख ५० हजार पुरस्कार राशी रहेको प्रतियोगितामा हाफ म्याराथन जित्नेले एक लाख प्राप्त गर्नेछन् ।

दोश्रो हुनेले ७५ हजार, तेश्रोले ५० हजार, चौथोले ४० हजार र पाचौंले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महिला तर्फको हाफ म्याराथनमा पनि पुरस्कार राशी समान रहेको छ । यस्तै पुरुष १० किलोमिटर तर्फ पहिलो पाँच स्थान हात पार्नेले ५०, ४०, ३०, २० र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

महिला ५ किलोमिटर र स्कुल बोइजतर्फका बिजेताहरुले समान ३०, २०, १५, १० र ५ हजार नगद पाउनेछन् । गल्र्स ३ किलोमिटर र ह्विल चियर बिजेताहरुका लागि पुरस्कार राशी राखिएको छ ।

Click to comment

Trending