Headline

सोल्सायरलाई बर्खास्त गर्दै म्यानचेस्टर युनाइटेड !

Published

on

मिडियामा सार्वजनिक रिपोर्टहरुलाई तथ्य मान्ने हो भने ओले गुनार सोल्सायरको म्यानचेस्टर युनाइटेडको जागिर हातबाट फुत्किसकेको छ ।

निरन्तरको निराशाजनक परिणामको शिकार बनेका सोल्सायरको युनाइटेडले शनिबार वाटफोर्डसँ ४–१ को लज्जास्पद परिणाम भोग्यो । पछिल्लो सात प्रिमियर लिग खेलमा पाचौं हार व्यहोर्दा सोल्सायरमा सबैभन्दा ठूलो निराशा देखियो ।

सोल्सायर निराश पनि किन नहुन् । उनको युनाइटेडले पछिल्लो पाँच खेलमा १४ गोल खाइसकेको छ । इंगल्याण्डको प्रतिष्ठित द टाइम्स, द गार्जियन र म्यानचेस्टर इभनिङ्ग न्युजले युनाइटेडले आकस्मिक बोर्ड बैठक बोलाउदै सोल्सायरको तीन बर्षे कार्यकाल टुँगाउने निर्णय गरिसकेका छन् ।

गत जुलाईमा तीन बर्षे कार्यकालका लागि सम्झौतामा हस्ताक्षर गरेका सोल्सायरले क्षतिपुर्तिको रुपमा ७ दशमलव ५ मिलियन पाउण्ड पाउने छन् । लिभरपुल र म्यानचेस्टर सिटीसँग लज्जास्पद हारको सामना गरे पनि क्लब व्यवस्थापन अन्तर्राष्ट्रिय बिश्राम अघि सोल्सायरसँगै उभिएको थियो ।

तर सबैभन्दा ठूलो बज्रपात शनिबार भिकारेज रोडमा पर्यो । शुरुवातमै पेनाल्टी मिस गरेपनि वाटफोर्डले पहिलो हाफमा दुई गोलको अग्रता बनायो भने अन्त्यमा सहज जित हात पार्न सफल भयो । २०१८ मा क्लब सम्हाले यता खराब फर्मका बावजुद रहन सफल भएका थिए ।

तर प्रि सिजनमा क्रिष्चियानो रोनाल्डो, जेडन सान्चो र राफाएल भारानमा प्रशस्त खर्च गरेपछि २०१३ यता पहिलो पटक उपाधि आशामा गरेको क्लब व्यवस्थापनले अब भने सोल्सायरलाई लिएर ठोस निर्णय गर्ने स्पष्ट छ ।

यसै साता सार्वजनिक आर्थिक प्रतिवेदनले युनाइटेडको सिजनको पहिलो क्वार्टरको खर्च २३ प्रतिशतले बढेको छ । तर खर्च बढे अनुसारको परिणाम भने युनाइटेडको नयाँ टोली र सोल्सायरले दिन सकेका छैनन् ।

युनाइटेड शिर्ष स्थानको चेल्सीभन्दा १२ अंक पछाडी सातौं स्थानमा छ भने टोली लिग कपबाट पनि बाहिरिसकेको छ । पहिलो दुई सिजन सोल्सायरले टिमलाई सन्तोषजनक स्थान दिन सफल भएपनि यो सिजन युनाइटेडको पछिल्लो केही समय यताकै खराब हुने छाँटकाँट देखिएको छ ।

१९९९ को च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखबिरुद्ध बिजयी गोल गरेका सोल्सायरको युनाइटेडमा व्यवस्थापकको रुपमा पुनरागमन खराब बन्दै गएको छ । उनी आएदेखि युनाइटेडले एउटा ट्रफि समेत जित्न सकेको छैन ।

खेलाडीको रुपमा लेजेण्डरी स्ट्याटस कायम राखेका सोल्सायरले पछिल्लो समय खराब परिणामका बावजुद समर्थकहरुको साथ पाइरहेका थिए । तर ४८ बर्षिय सोल्सायरले शनिबारको परिणामपछि हात जोड्दै माफी मागेपनि राम्रो प्रतिकृया पाएनन् ।

पुर्व रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदान, लेस्टर व्यवस्थापक ब्रेण्डान रोजर्स र आयाक्सका एरिक टेन ह्याग सोल्सायरको स्थानमा आउन सक्ने दाबेदारहरु रहेका छन् ।

Click to comment

Trending