Headline

जाभीको बार्सिलोनामा बिजयी शुरुवात

Published

on

इस्पान्योललाई १–० ले पराजित गर्दै बार्सिलोनाले नयाँ प्रशिक्षक जाभी हर्नान्डेजलाई क्लबमा बिजयी शुरुवात दिएको छ ।

मेम्फिस डिपेले दोश्रो हाफमा गरेको पेनाल्टी गोल बार्साको जितका लागि पर्याप्त भयो तर जाभीलाई खस्कदै गएको स्पेनिस महारथीमा धेरै काम गर्नु पर्ने स्पष्ट भने भइसकेको छ ।

बार्साले झण्डै एक घण्टा निरन्तर दवाब बनाएको खेलमा इस्पान्योल खेलको अन्तिम २५ मिनेट उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । राउल डे टोमसको दुई प्रहार बारमा लागेर फर्कियो भने अन्य थुप्रै अवसर पनि गुमाएको थियो ।

परिणाम चाडै निकाल्नु पर्ने दवाबमा बार्सा भित्राएका जाभीलाई शनिबारको परिणामले नवौंबाट छैटौं स्थानमा उक्लदा केही राहत भने अवश्य मिल्नेछ । यद्दपि बार्सिलोना चौथो स्थानमा रहेको एट्लेटिको म्याड्रिड भन्दा ६ अंक र शिर्ष स्थानको सेभियाभन्दा ८ अंकले पछाडी छ ।

एक खेल कम खेलेको रियल म्याड्रिड २७ अंक सहित तेश्रो स्थानमा रहेको छ । रियलले आइतबार ग्रानडासँग खेल्दैछ ।

सेभियालाई शिर्ष स्थानमा पकड जमाउने अवसर रहेपनि उसले आलाभेससँग २–२ गोलको बराबरी खेल्यो । डिफेन्डिङ्ग च्याम्पियन एट्लेटिकोले ओसासुनालाई १–० ले पराजित गर्यो भने भिलारियाल सेल्टा भिगोसँग १–१ गोलको बराबरीमा रोक्कियो ।

Click to comment

Trending