Headline

साग स्वर्ण बिजेताले जिते नेपालगञ्ज म्याराथन

Published

on

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण बिजेता तथा नेपाल एपिएफ क्लबका धावक किरण सिंह बोगटीले नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् ।

बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा नेपालगञ्ज म्याराथन पूरा गरे । गतवर्ष एपिएफकै गोपीचन्द्र पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए ।

बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधी जितेका हुन् । दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन् । एपिएफका सन्तोष विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छन् ।

खड्गबहादुर खड्का २ घण्टा ३३ मिनेट ४५ सेकेन्ड, देवराज महतरा २ घण्टा ३९ मिनेट २ सेकेन्ड, प्रताप थामसुहाङ २ घण्टा ५९ मिनेट २५ सेकेन्ड र हिम गिरी ३ घण्टा २ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः चौथो, पाँचौ, छैठौ र सातौ भएका छन् ।

बोगटीले एक लाख रुपैया पुरस्कार पाए भने रावलले ५० हजार र तृतिय भएका विष्टले २५ हजार हात पारे ।

हाफ म्याराथनमा पनि १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण बिजेता सन्तोषी श्रेष्ठको दबदबा रह्यो । एपिएफकी पुष्पा भण्डारीलाई पछि पार्दै धादिंगकी श्रेष्ठले हाफ म्याराथनको उपाधी जितेकी हुन् । उनले एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा दौड पुरा गरिन् ।

५ र १० किलोमिटर दौडिने सन्तोषीले अनुभवका लागि लामो दौड्दा प्रथम भएको प्रतिक्रिया दिइन् । भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरिन् । हाफ म्याराथनमा विन्दु हमाल तृतिय, सरस्वती बोहरा चौथो, साधना शाही पाँचौ, कल्पना थारु छैठौ र चन्द्रमाया रावत सातौ भएका छन् ।

श्रेष्ठले ५१ हजार रुपैया पाइन् । भण्डारीले २५ हजार र हमालले १५ हजार प्राप्त गरिन् ।

१० किलोमिटर ओपन (पुरुष) मा मुकेश पाल प्रथम, ५ किलोमिटर ओपन (महिला) मा राजपुरा पछाई प्रथम भइन् ।

आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले २५ हजार पुरस्कारबाट शुरु गरिएको म्याराथनको राशी बढाएर एक लाख रुपैया पु¥याइएको बताउदै म्याराथनमा समाजका विशिष्ट व्यक्तित्वहरुलाई जोड्ने काम भइरहेको बताए ।

Click to comment

Trending