Headline

‘सेट पिस’ मा अब्बल थ्रि स्टारको च्यासलमाथि उत्कृष्ट जित

Published

on

सेटपिसमा आफूलाई अब्बल साबित गर्दै थ्रि स्टारले शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई ३–० ले पराजित गर्दै शान्दार शुरुवात गरेको छ ।

नेपाली लिग खेल्दै हेडलाइन बनाएका नेपाली मुलका इटालियन खेलाडी बिकास मेराग्लियाले नसोचेको शुरुवात पाएको दिन थ्रि स्टारले तीन वटै गोल सेट पिसमा गरेको थियो । थ्रि स्टारलाई स्पष्ट तीन अंक दिलाउने क्रममा निशान खड्का, रफाइल रिमगागो र अनन्त तामाङले गोल गरेका थिए ।

२२ औं मिनेटमा फ्रि किकमार्पmत उत्कृष्ट गोल गर्दै अग्रता पाएको थ्रि स्टारले पहिलो हाफको अन्तिम समयमा दोश्रो गोल गर्यो । हेमन्त थापा मगरको फ्रि किकमा आएको घुमाउरो बललाई रफाइलले हेडरमार्फत बललाई दोश्रो बार अगाडी बाउन्स गराउदै गोल गरेका थिए ।

थ्रि स्टारको पहिलो गोल लगत्तै च्यासललाई खेलमा फर्काउने सुनौलो अवसरलाई बिकासले खेर फाले । डिफेन्डर अनन्त तामाङले बिकासलाई लडाएपछि रेफ्रि प्रकाश श्रेष्ठले पेनाल्टी दिएका थिए । तर बिकासको पेनाल्टीलाई सही ढँगले जज गर्दै थ्रि स्टारका क्यामरुनी गोलकिपर गुइलेम प्रिस्सोले डाइभ हान्दै रोके ।

रोमाञ्चक खेलको आठौं मिनेटमा नै हेमन्तको चिपमा सन्जोग राइले च्यासल गोलकिपर प्रदिप भण्डारीलाई बिट गर्न असफल रहे । त्यसपछि रफाइलले कमल श्रेष्ठलाई लडाएपछि च्यासलले डि बक्सको ठ्याक्कै बाहिर फ्रि किक पायो । तर त्यसलाई अजित गुरुङले सिधै प्रिस्सोको हातमा दिएका थिए ।

५८ औं मिनेटमा थ्रि स्टारले तेश्रो गोल गर्यो । हेमन्तको कर्नरमा अनन्तको हेडरले उचाई लिदै केही अगाडी बढेका च्यासल गोलकिपर प्रदिपलाई सहजै बिट गरेको थियो । दोश्रो हाफमा अझै आकर्षक प्रदर्शन गरेको थ्रि स्टारलाई च्यासलले राम्रो डिफेन्डिङ्ग गर्दै रोक्न भने सफल भएको थियो ।

अन्तिम समयमा प्रदिपले केही राम्रा बचाउहरु गर्दै थप गोल खानबाट बचाएका थिए ।

Click to comment

Trending