Headline

त्रिदेवको गोलमा शेर्पाले संकटालाई बराबरीमा रोक्यो

Published

on

संकटा क्लब र हिमालय शेर्पा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा १–१ गोलको बराबरी खेलेका छन् ।

दशरथ रँगशालामा भएको दिनको पहिलो खेलमा दुवै गोल दोश्रो हाफमा भएको थियो । पहिलो हाफमा दुवै टोलीले उल्लेखनीय मौका बनाउन नसक्दा संकटाले ६४ औं मिनेटमा खेलमा अग्रता लियो ।

सुभाष गुरुङले निकालेको क्रसलाई शेर्पाका गोलकिपर दिप कार्कीले ग्रिप गर्न नसकेपछि आएको बलमा लक्ष्मण रुचालले गोललाइन नजिकैबाट सहज गोल गरेका थिए । तर संकटाको अग्रता चार मिनेट पनि टिक्न सकेन ।
शेर्पाले त्रिदेव गुरुङको गोलमार्फत खेलमा बराबरी गर्यो । जीवन गुरुङले निकालेको एयर बलमा त्रिदेभले हेडरमार्फत शान्दार गोल गरेका थिए ।

संकटाले ८४ औं मिनेट गोल गर्ने स्पष्ट अवसर गुमायो । गणेश हमालले प्रहार गरेको बल पहिले क्रसबारमा लागेर फर्कियो भने नजिकै रहेका रुचालको हेडरले सही दिशा लिन सकेन । रुचाल खेलको म्यान अफ द म्याच भए ।

शनिबारको दोश्रो ठूलो खेलमा थ्रि स्टार क्लबले राम्रा खेलाडीहरु भित्र्याउदै लिगमा दरिलो उपस्थिति जनाउने आशामा रहेको च्यासलको सामना गर्नेछ ।

Click to comment

Trending