Headline

कप्तान रोहित र राहुलको शतकीय साझेदारीमा भारतलाई श्रृंखला

Published

on

कप्तान रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि आकर्षक शतकीय साझेदारी गरेपछि भारतले दोश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।

राँचीमा भएको खेलमा टस जिति पहिलो फिल्डिङ्ग रोजेको भारतले न्युजिल्याण्डलाई २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रनमा रोक्यो । रोहित र राहुलले पहिलो विकेटका लागि १ सय १७ रन जोडेपछि भारतले १७ दशमलव २ ओभरमै जित हात पार्यो ।

ट्वान्टी ट्वान्टी बिश्वकपमा न्युजिल्याण्डसँग पराजित भएपछि समुह चरणबाटै बाहिरिएको भारतले घरेलु मैदानमा भने एक खेल बाकी रहेको अवस्थामै श्रृंखलामा कब्जा जमाएको छ । तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी आइतबार हुनेछ ।

पहिलो खेलमा पनि सहज जित हात पारेको भारतलाई अर्को आरामदायी जित दिलाउने आधार दुई ओपनरले नै गरे । राहुलले ४९ बलमा ६५ रन बनाउदा ६ चौका र दुई छक्का प्रहार गरे । रोहितले ३६ बलमा ५५ रन बनाउदा पाँच छक्का हिर्काए ।

तिब्र गतिका बलर टिम साउदीले दुवै ओपनर र नयाँ ब्याट्स्म्यान सुर्यकुमार यादवलाई आफ्नो अन्तिम दुई ओभरमा पेभिलियन फर्काए पनि भारत जित नजिक पुगिसकेको थियो । विकेटकिपर ब्याट्स्म्यान रिसभ पन्तले जेम्स निसमलाई लगातार दुई छक्का पार्दै भारतको जित निश्चित गरेका थिए ।

यसअघि ओपनर ड्यारेल मिचेल र मार्टिन गुप्टिलले पहिलो विकेटका लागि छरितो रुपमा ४ दशमलव २ ओभरमै ४८ रन जोडेपनि न्युजिल्याण्डले त्यसलाई बिशाल योगफलमा परिणत गर्न असफल रह्यो ।

मात्र १५ बलमा ३१ रन प्रहार गरेका गुप्टिलले तीन चौका र दुई छक्का प्रहार गरे । मिचेलले २८ बलमा ३१ रन जोडे । ग्लेन फिलिप्सले न्युजिल्याण्डका लागि सर्वाधिक रन जोड्ने क्रममा २१ बलमा ३४ रन बनाए । उनको इनिंङ्गसमा तीन छक्का र एक चौका सामेल थियो ।

पुर्व हंगकंग खेलाडी मार्क च्यापम्यानले १७ बलमा २१ रन बनाए । न्युजिल्याण्डको रन गति रोक्ने क्रममा तीन स्पिनरहरुले कसिलो बलिँग गरे । भारतीय टोलीबाट पहिलो खेल खेलेका हर्षल पटेलले चार ओभरमा २५ रन दिदै दुई विकेट लिए ।

समान १–१ विकेट लिएका रविचन्द्रन अश्विनले १९ र अक्सर पटेलले २६ रन दिएका थिए ।

Click to comment

Trending