Headline

लिगको पहिलो खेलमा सातदोबाटो र फ्रेण्ड्सले अंक बाडे

Published

on

शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबलाई नव प्रवेशी सातदोबाटो युथ क्लबले बराबरीमा रोकेको छ ।

शुक्रबार दशरथ रँगशालामा भएको उद्घाटन खेलमा दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

पहिलो पटक लिग खेलेपनि सातदोबाटोले खेलमा पकड बनाएको थियो । उसले पहिलो हाफमा बललाई आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न सकेन । सातबाटोका अनुभवी बिदेशी खेलाडी अजयी मार्टिन्सले दोश्रो हाफको शुरुवातमा पोस्ट नजिकैबाट गोल गर्न चुकेका थिए ।

दोश्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको फ्रेण्ड्सले ५९ औं मिनेटमा गोल गर्ने सुनौलो अवसर खेर फालेका थिए । नथानियल गार्सियाको प्रहार पोस्टमा लागेर फर्किएको थियो । केही आकर्षक बचाउहरु गरेका फ्रेण्ड्सका गोलकिपर राहुल रामचन्द्र यादव भए ।

लिग अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा हिमालय शेर्पा र संकटा भिड्नेछन् भने साँझको खेलमा च्यासल युथ क्लब र थ्रि स्टार खेल्नेछन् ।

Click to comment

Trending