Headline

पहिलो ट्वान्टी ट्वान्टीमा बंगलादेशलाई पाकिस्तानले हरायो

Published

on

पाकिस्तानले पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा बंगलादेशलाई चार विकेटले परजित गरेको छ ।

ढाकामा शुक्रबार भएको खेलमा पाकिस्तानले घरेलु टोलीलाई ७ विकेटको क्षतिमा १ सय २७ रनमा रोक्यो । माथिल्लो क्रमका ब्याट्स्म्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न नसकेपनि मिडल अर्डरद्वारा सम्हालिएको पाकिस्तानले १९ दशमलव २ ओभरमा १ सय ३२ रन बनायो ।

तीन नम्बरमा ब्याटिङ्ग गर्न आएका फखर जमानले ३६ बलमा २६ रन बनाएपनि पाकिस्तानले ८० रनमा पाचौं र ९६ रनमा छैटौं विकेट गुमाइसकेको थियो । तर शदाब खान र मोहम्मद नवाजले १५ बलमा ३६ रन जोड्दै पाकिस्तानलाई जित दिलाएका थिए ।

शदाबले १० बलमा २१ र नवाजले ८ बलमा १८ रन बनाए । दुवैले समान दुई छक्का प्रहार गरे । पाकिस्तालाई जितका लागि कायमै राख्ने काम भने खुशदिल शाहले गरे । उनले ३५ बलमा ३४ रन जोड्दै फखरसँग ५६ रनको साझेदारी गरेका थिए ।

बंगलादेशका लागि टास्किन अहमदले दुई विकेट लिए ।

यसअअि हसन अलिले तीन र मोहम्मद वसिमले दुई विकेट लिएपछि बंगलादेश सस्तैमा समेटिएको थियो । उसका लागि अफिफ होसेनले ३४ बलमा सर्वाधिक ३६ रन बनाए ।

ठोस साझेदारी गर्न नसकेको घरेलु टोलीलाई मेहेदी हसनले २० बलमा ३४ रन बनाउदै १ सय ३० रन नजिक डोर्याएका थिए । नुरुल हसनले पनि २२ बलमा २८ रन जोडे ।

Click to comment

Trending