Headline

नेपाली महिला टोली भारतमा फोर नेसन्स फुटबल खेल्दै

Published

on

नेपाली महिला फुटबल टोलीले भारतमा अर्को महिना हुन गइरहेको चार राष्ट्र सम्मिलित फोर नेसन्स उमेन्स फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

प्रतियोगिता डिसेम्बर ९ देखि २१ सम्म हुने एन्फाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । प्रतियोगिताको पूर्ण बिवरण आउन बाकी रहेको छ । हालसम्म भारत र नेपाल मात्र प्रतियोगिताका लागि निश्चित दुई टोली रहेका छन् ।

प्रतियोगिता केरलामा आयोजना हुने बुझिएको छ । नेपाली महिला टोलीले पछिल्लो पटक उज्वेकिस्तानमा एएफसी उमेन्स एसिया कप क्वालिफायर्स खेलेको थियो भने त्यसअघि दशरथ रँगशालामा बंगलादेशबिरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

Click to comment

Trending