Headline

चार बर्षअघिको भद्दा सन्देशका कारण पेनले कप्तानीबाट राजीनामा दिए

Published

on

आफ्नो एक पुर्व महिला सहकर्मीलाई भद्दा सन्देश पठाएको बिषयमा क्रिकेट अष्ट्रेलियाले अनुसन्धान थालेपनि टिम पेनले अष्ट्रेलियाको टेस्ट टिमबाट राजीनामा दिएका छन् ।

डिसेम्बर ८ देखि शुरु हुने एसेज टेस्ट श्रृंखला अन्तर्गतको पहिलो टेस्टका लागि तैयारीमा रहेका पेनको बारे न्युज कर्पमा रिपार्ट सार्वजनिक भएपछि क्रिकेट अष्ट्रेलियाले अनुसन्धान थालेको हो ।

चार बर्षअघिको उक्त घटना बाहिर सार्वजनिक भएपछि पेनले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् । उनले यस बिषयमा कसैको प्रश्न भने लिएका थिएनन् ।

यस दौरान पेनले क्रिकेट अष्ट्रेलियाको कोड अफ कन्डक्ट नमिचेको स्पष्ट भएपनि उनले राजीनामा दिने निर्णय लिएका हुन् । “यो मेरो लागि गाह्रो निर्णय हो र म, मेरो परिवार र क्रिकेटको लागि सहि पनि,” पेनले भने ।

“चार बर्षअघि मेरो पुर्व सहकर्मीसँग यो सन्देश आदन–प्रदानमा संलग्न हुँदा क्रिकेट अष्ट्रेलियाले अनुसन्धान पनि गरेको थियो र यसमा मैले कुनै कोड अफ कन्डक्ट नमिचेको क्रिकेट तास्मानियाको अनुसन्धान टोलीले पुष्टि पनि गरेको थियो । यो घटनालाई लिएर म अहिले पनि पछुताइरहेको छु र यस बिषयमा मैले आफ्नो परिवार र पत्नीलाई पनि बताएको थिए । उनीहरुले मलाई त्यो समय माफी दिएकोमा म आभारी पनि छु,” पेनले भने ।

पेनको स्थानमा अब उपकप्तान रहेका तिब्र गतिका बलर प्याट कमिन्सले एसेजमा नेतृत्व लिन सक्नेछन् । क्रिकेट अष्ट्रेलियाले अर्को निर्णय नलिने हो भने कमिन्स अष्ट्रेलियाको कप्तानी गर्ने ६५ बर्षमा पहिलो फास्ट बलर हुने छन् ।

Click to comment

Trending