Women T20 World Cup Qualfiers

मिसन वर्ल्डकप : पहिलो अन्तर्राष्ट्रिय शृंखलामा नै नेपालको ऐतिहासिक क्लिन-स्विप  

Published

on

उपकप्तान तथा ओपनर सिता राना मगरको अविजित अर्धशतक तथा फिल्डरहरुको उत्कृष्ट फिल्डिङमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शृंखलामा नै क्लिन स्विप गर्न सफल भएको छ ।

कतारसँगको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा १०९ रनको फराकिलो जित दर्ता गराएको नेपालले तीन खेलको शृंखला ३-० ले आफ्नो पोल्टामा पारेको हो ।

पहिलो खेलमा कतार माथि किर्तिमानी ११९ रनको फराकिलो जित हात पारेको नेपालले दोश्रो खेलमा पनि ६१ रनको जित आत्मसाथ गरेको थियो । 

सिताले अविजित रहँदै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा व्यक्तिगत पहिलो तथा नेपालको तेश्रो अर्धशतक प्रहार गर्दा ट्वान्टी ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले तीन विकेट गुमाएर १६४ रनको किर्तिमानी योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको कतारले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा ५५ रन मात्र जोड्न सक्यो ।   

नेपालको तर्फबाट सर्वाधिक ८२ रन बनाएकी सिताले ७२ बलको सामना गर्दै सात चौका प्रहार गरिन् । सिता बाहेक ओपनर काजल श्रेष्ठ सात, ज्योति पाण्डे २४ तथा डली भट्ट १२ रन बनाएर आउट भए भने सरिता मगरले अविजित रहँदै १७ रनको योगदान दिइन् ।

कतारको पारीमा अलिना खानले सर्वाधिक १९ तथा कप्तान आयशाले १३ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका बलरहरुमा सबनम राईले दुई ओभरमा दुई रन खर्चिएर तथा सरस्वती कुमारी र कप्तान रुबिना क्षेत्रीले क्रमश नौ र १० रन खर्चिएर समान १-१ विकेट हात पारे । नेपाल चार विकेट रन आउटका रुपमा पाएको हो । 

बलिङ तर्फ कतारका एन्जेलिन मरे, साची धड्वालआयेशाले समान १-१ विकेट हात पारे ।   

 

Click to comment

Trending