Women T20 World Cup Qualfiers

मिसन वर्ल्डकप : सिताको किर्तिमानी अर्धशतकमा नेपालको किर्तिमानी योगफल 

Published

on

सिता राना मगरले अविजित रहँदै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्दा ट्वान्टी ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतार विरुद्धको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा १६४ रनको किर्तिमानी योगफल तयार पारेको छ ।  

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालको लागि ओपनर सिताले ८२ रनको पारी खेल्दा नेपालले २० ओभरमा तीन विकेट गुमाएर १६४ रनको विशाल योगफल बनाउन सफल भएको हो । 

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सीताको यो नेपालको तर्फबाट व्यक्तिगत ठुलो स्कोर हो भने तेश्रो अर्धशतक हो । यस अघि यसै शृंखला अन्तर्गतको पहिलो ट्वान्टी ट्वान्टी खेलमा इन्दु बर्माले रिटायर्ड हर्ट हुनु अघि ५५ रन बनाएकी थिइन् भने दोश्रो खेलमा कप्तान रुबिनाले ५० रनको पारी खेलेकी थिइन् । यसै बीच सिता ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालको लागि ३०० रन पुरा गर्ने पहिलो खेलाडी पनि बनेकी छिन् । 

त्यस्तै नेपालले आज बनाएको ट्वान्टी ट्वान्टीमा सर्वाधिक ठुलो योगफल हो भने पहिलो पटक १५० रनको योगफल पनि कटाउन सफल भएको छ । यस अघि पहिलो खेलमा नेपालले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४६ रन बनाएको थियो ।

नेपालको तर्फबाट सर्वाधिक ८२ रन बनाएकी सिताले ७२ बलको सामना गर्दै सात चौका प्रहार गरिन् । सिता बाहेक ओपनर काजल श्रेष्ठ सात, ज्योति पाण्डे २४ तथा डली भट्ट १२ रन बनाएर आउट भए भने सरिता मगरले अविजित रहँदै १७ रनको योगदान दिइन् ।

कतारका एन्जेलिन मरे, साची धड्वाल र आयेशाले समान १-१ विकेट हात पारे ।     

Click to comment

Trending