Headline

रेड कार्ड नदिएपछि दुई रेफ्रि अनिश्चितकालका लागि निलम्बित

Published

on

उरुग्वेका रेफ्रि आन्द्रेस कुन्हा र भिडियो असिस्टेन्ट रेफ्रि इस्तबान ओस्तोइचलाई दक्षिण अमेरिकी बिश्वकप छनोटका दौरान ब्राजिलबिरुद्धको खेलमा अर्जेन्टिनी डिफेन्डर निकोलस ओटामेन्डीलाई रेड कार्ड नदिएपछि अनिश्चितका लागि निलम्बित गरिएको छ ।

मंगलवार सान जुवानमामा भएको गोलरहित बराबरीका दौरान ओटामेन्डीले ब्राजिलियन फर्वार्ड राफिन्हालाई बलका लागि संघर्षका दौरान कुहिनाले हिर्काएका थिए । मध्यान्तरमा पाँच टाका लगाएर खेलेका राफिन्हाको दोश्रो हाफमा समेत रगत बगिरहेको थियो ।

“यो पहेलो कार्डको लागि फउल हो जस्तो देखिन्छ,” दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले सार्वजनिक गरेको भिडियोमा ओस्तोइचले खेल सञ्चालन गरेका कुन्हालाई भनेको सुनिन्छ ।

ओटामेन्डीले ट्विटरमा आफूले बल मात्र छोएका लेखेका थिए । अर्जेन्टिना बराबरीपछि बिश्वकपका लागि छनोट भएको थियो भने ब्राजिल यसअघि नै बिश्वकपमा प्रवेश गरिसकेको छ ।

दुई रेफ्रिले गम्भिर गल्ति गरेको भन्दै दुवैलाई अनिश्चितका लागि निलम्बन गरेको कन्मेबोलले लेखेको छ । कुन्हालाई शनिबार हुने कोपा सुडाअमेरिकाना फाइनलबाट पनि हटाइएको छ ।

यस्तै चिलीका रेफ्रि रोबर्टो टोबारलाई पनि ब्राजिलियन स्टार नेमार र कोलम्बियाका हुवा क्वाड्राडोलाई कारवाही गर्न नसकेको आरोपमा निलम्बित गरिएको छ । गत बिहिबार ब्राजिलले १–० ले जितेको खेलमा नेमारले आक्रमक हुँदै क्वाड्राडोसँग छाती जोड्न गएका थिए । क्वाड्राडोले पछि अवैधानिक रुपमा आफ्नो हातको प्रयोग गरेका थिए ।

दुवै खेलाडीलाई पहेलो कार्ड दिइएको थिएन ।

Click to comment

Trending